Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

२४ अर्ब राजस्व छुट दुरुपयोग

(0 votes)
काठमाडौं- सरकारले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले औद्योगिक, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा दिएको राजस्व छुटको सदुपयोग नभएको पाइएको छ।
आर्थिक ऐन २०६८ को दफा १८ अनुसार प्रचलित दस्तुर, शुल्क, महसुल र करका दरहरु घटाउन वा बढाउन वा आंशिक वा पूर्ण छुट दिन सक्ने व्यवस्था गरिएको छ। यही व्यवस्थाअनुसार विभिन्न क्षेत्रमा दिइएको छुटको सदुपयोग हुन नसकेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 
प्रतिवेदनमा एकातिर राजस्व छुटको सदुपयोग नभएको र अर्कोतर्फ मुलुकको राजस्व संकलन न्यून भएको उल्लेख छ। प्रतिवेदनअनुसार यो वर्ष २४ अर्ब ४२ करोड ८५ लाख राजस्व छुट दिइएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष ०६९/७० मा घ्यू, तेल, मोबाइलमा ७ अर्ब १ करोड ७७ लाख र चिनीमा ५१ करोड ७१ लाख कर फिर्ताले ३१ अर्ब ४४ करोड ६२ लाख राजस्व न्यून भएको छ। 
प्रतिवेदनमा तेल उद्योगले सामान्य प्रशोधन गरेको आधारमा डेढ अर्ब मूल्य अभिवृद्धि कर (भ्याट) बापत फिर्ता लगेको उल्लेख छ। दानाबाट तेल उत्पादन गर्दा लागत बढेर प्रतिस्पर्धा गर्न नसक्ने भएकोले उद्योगलाई भ्याट फिर्ता सुविधा दिइएको थियो। तर धेरै उद्योगले तेल उत्पादनका सबै प्रक्रिया विदेशमै सिध्याएको पाइएको प्रतिवेदनमा उल्लेख छ। 
'अधिकांश उद्योगले तेल उत्पादनका ६ चरणमध्ये पाँच चरण विदेशमै गराएर आयात गर्ने र सामान्य प्रशोधन गरेर बिक्री गरेको पाइएको छ,' प्रतिवेदनमा भनिएको छ, 'यसबापत ती उद्योगलाई १ अर्ब ३० करोड रुपैयाँ उपलब्ध गराइएको छ।' उद्योगीले तेल उत्पादनमा मूल्य अभिवृद्धि नगरेको प्रतिवेदनमा भनिएको छ। 
'कच्चा तेल र तयारी तेलको मूल्य अन्तरलाई विश्लेषण गर्दा ती उद्योगले प्रशोधन गर्दा मूल्य अभिवृद्वि गरेको देखिँदैन,' प्रतिवेदनमा भनिएको छ। मोबाइल आयातलाई औपचारिक माध्यमबाट ल्याउन प्रोत्साहित गर्ने उद्देश्यले भ्याटको ६० प्रतिशत फिर्ता दिने नीति पुनरावलोकन गर्न महालेखाले सुझाएको छ।
त्यस वर्ष नेपालका आधिकारिक बिक्रेताले भ्याटबापत ३६ करोड २९ लाख ६३ हजार फिर्ता पाएका छन्। अहिले सबै मोबाइल उत्पादकको अधिकृत बिक्रेतामार्फत पैठारी एवं बिक्री गरेको र मोबाइलमा भन्सार नलाग्ने व्यवस्था भएकोले भ्याट फिर्ता पुनरावलोकन गर्न महालेखा परीक्षकको कार्यालयले प्रस्ताव गरेको छ। उखु उत्पादक किसानले उचित मूल्य पाऊन् भनेर दिएको भ्याट फिर्ताको समेत सदुपयोग नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। चिनीमिललाई दिइएको चिनी बिक्रीबापतको ५१ करोड ७१ लाख ३६ हजार रुपैयाँ भ्याट फिर्ताको सदुपयोग भए, नभएको अध्ययनसमेत नभएको प्रतिवेदनमा उल्लेख छ।
'किसानले उचित मूल्य पाऊन् भनेर भ्याट फिर्ताको व्यवस्था गरिएको थियो। तर अहिलेसम्म किसानले फाइदा पाए/नपाएको अध्ययनसमेत भएको छैन,' प्रतिवेदनमा भनिएको छ, 'यसको अभिलेखसमेत राखिएको छैन।' प्रतिवेदनमा खाद्यान्न सस्तो र सुलभ मूल्यमा आपूर्ति गर्न कृषि तथा पशुजन्य उत्पादनमा राजस्व छुट दिन गरिएको व्यवस्थाको समेत अध्ययन नभएको प्रतिवेदनमा औंल्याइएको छ। 
'कृषि तथा पशुजन्य उत्पादनमा राजस्व छुट दिने, शुल्क, महसुल नलगाउने व्यवस्थाअनुसार ५ अर्ब २३ करोड ८४ लाख राजस्व छुट भएको छ,' प्रतिवेदनमा भनिएको छ, 'यो छुटको कारणले स्वदेशी कृषि तथा पशुजन्य उत्पादनमा परेको प्रभाव अध्ययन भएको छैन।' कृषि प्रयोजनको लागि आयात गरिएको ट्याक्टरमा दिइएको भ्याट छुटको समेत सदुपयोग नभएको प्रतिवेदनमा छ। ट्याक्टर आयातमा यो वर्ष ६२ करोड ६९ लाख भ्याट छुट दिइएको प्रतिवेदनमा उल्लेख छ।
सरकारले सौर्य ऊर्जाको लागि ब्याट्रीलगायत वस्तु आयातमा दिइएको भ्याट छुटको समेत सदुपयोग नभएको प्रतिवेदनमा छ। वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सिफारिसमा एक प्रतिशत भन्सार महसुल लिएर भ्याट निःशुल्क हुने व्यवस्था गरिएको छ। यो प्रावधान टेकेर आयात भएका ती वस्तुको १७ करोड १३ लाख रुपैयाँ राजस्व छुटको सदुपयोग भए/नभएको अध्ययनसमेत नभएको प्रतिवेदनमा छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।