Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

अर्थ

हिरोका तीन नयाँ बाइक

(1 Vote)
हिरोका तीन नयाँ बाइक
काठमाडौं– हिरो मोटोकर्पले तीन नयाँ बाइक नेपाली बजारमा ल्याएको छ। कम्पनीले स्प्लेन्डर आइस्मार्ट, १५०सिसी एक्सटि्रम, १०० सिसी प्लेजर स्कुटर बजारमा ल्याएको हो। यी तीन बाइ नयाँ प्रविधियुक्त भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १०० सिसीको स्प्लेन्डर आइस्मार्ट आइथि्रएस प्रविधियुक्त रहेको छ। नयाँ एक्सटि्रममा इलेक्ट्रोनिक इमोबिलाइजर रहेको छ भने १०० सिसी प्लेजर स्कुटरमा एकिकृत ब्रेकिङ प्रणाली जडान गरिएको छ। 

१०० सिसी स्प्लेन्डर आइस्मार्ट 
कम्पनीले सार्वजनिक गरेको १०० सिसी स्प्लेन्डर आइस्मार्टमा परिवर्तनकारी प्रविधि (इन्जिनअटो अन र अफ हुने प्रणाली) रहेको छ। आइथि्रएस यस्तो वातावरण मैत्री प्रविधि हो जसले ट्राफिकमा बाइक रोक्दा स्वतःइन्जिन बन्द हुने, क्लच विस्तारै थिच्दा तुरुन्तै अन हुने हुँदा उच्चतम माइलेज दिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार स्प्लेन्डर आइस्मार्टमा १०० सिसीको एयर कुल्ड ४ स्ट्रोक सिंगल सिलिन्डर ओएचसी इन्जिन रहेको छ जसले ७५०० आरपिएममा ५.७४ किलोवाटको उच्चतम शक्ति प्रदान गर्छ। त्यस्तै ४५०० आरपिएममा ०.८२ केजि–एमको उच्चतम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा उत्कृष्ट बडी ग्राफिक्स, स्टाइलिस अलोय ह्विल्स् र मिटर कन्सोल रहेको कम्पनीले जानकारी दिएको छ । बाइकको बजार मूल्य १ लाख ५१ हजार रुपैयाँ तोकिएको छ। 

१५० सिसी एक्सटि्रम 
कम्पनीले सार्वजनिक गरेको अर्को १५० सिसीको एक्सटि्रममा इलेक्ट्रोनिक इमोबिलाइजर रहेको छ। इलेक्ट्रोनिक इमोबिलाइजर यस्तो सुरक्षा यन्त्र हो जसले सही साँचो बाहेक अन्य साँचोले इन्जिनलाई चल्न दिँदैन। 
नयाँ एक्सटि्रममा १५० सिसीको एयर कुल्ड ४ स्ट्रोक सिंगल सिलिन्डर ओएचसी इन्जिन रहेको छ जसले ८५०० आरपिएममा १०.६ किलोवाटको उच्चतम शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ। त्यस्तै ६५०० आरपिएममा १२.८० एनएमको उच्चतम टर्क प्रदान गर्ने छ। कम्पनीका अनुसार यसको अर्को विशेषता भनेको अटोमेटिक इग्निसन कट–अफयुक्त स्लाइड स्ट्यान्ड स्विच यसमा भएको अर्को विशेषता हो। 
यस बाइकमा ट्रेन्डी कन्सोल, इन्जिन इमोबिलाइजर, हाइ–ब्रो लाइट गाइड भएको स्टाइलिस हेडलाइट, टेल गाइडयुक्त एलइडि टेल लाइट, फ्युल ट्यांक तथा अन्य थुप्रै विशेषताहरु छन्। कम्पनीका अनुसार बाइकमा उपभोक्ताको सहजताको लागि मोबाइल चार्जर सकेट पनि जडान गरिएको छ। यसको मूल्य २ लाख १३ हजार ५०० र एक्सटि्रम डिडिएसको २ लाख २२ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ। 

१०० सिसी प्लेजर स्कूटर 
१०० सिसीको प्लेजर स्कुटरमा एकीकृत बे्रकिङ प्रणाली वा आइबिएस रहेको छ। कम्पनीका अनुसार यस प्रणालीले अगाडि र पछाडिको पाँग्रालाई सिंगल–ब्रेक–लिभरझंै सहजता प्रदान गर्छ। यसले चालकलाई र सुरक्षित राख्ने कम्पनीको दाबी छ। 
यो स्कुटरमा १०० सिसीको एयर कुल्ड ४ स्ट्रोक सिंगल सिलिन्डर ओएचसी इन्जिन रहेको छ जसले ७००० आरपिएममा ५.०३ किलोवाटको उच्चतम शक्ति प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। ५००० आरपिएममा ७.८५ एनएमको उच्चतम टर्क प्रदान गर्दछ। प्लेजरमा मोबाइल चार्जर सकेट, लक गर्न मिल्ने बक्स, लगेज बक्समा लाइट, सिट ओपनिङ र साइड स्ट्यान्ड इन्डिकेटर जस्ता विशेषताहरु छन्। बजारमा मेटल सीट प्लेजरको मूल्य १ लाख ५१ हजार ५ सय रुपैयाँ र कास्ट ह्वील प्लेजरको मूल्य १ लाख ५४ हजार ५ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।