15 Chaitra, 2076 | March 28, 2020
Menu

अर्थ

वैशाख ४ देखि राष्ट्रिय औद्योगिक प्रदर्शनी

(0 votes)
काठमाडौं-राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम वैशाखको पहिलो सातादेखि हुने भएको छ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा वैशाखको ४ देखि ८ गतेसम्म प्रदर्शनी हुनेछ।
प्रदर्शनी साढे तीन लाखले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने समितिका सह कार्यकारी निर्देशक निलम ताम्राकारले बताए। उनका अनुसार कार्यक्रमले लघु घरेलु तथा साना उद्यमीहरुलाई राष्ट्रियस्तरमा परिचित गराउनेछ। 
‘यो कार्यक्रमबाट साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सघाउँ पुग्छ,' उनले भने, ‘यस प्रदर्शनीको माध्यमबाट नेपाली उद्यमीहरुलाई थप ऊर्जा मिल्ने भएकोले घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना गर्न लागिएको हो।' 
उद्यमीहरुले उत्पादन गरेका सामानलाई एउटै छातामुनी राखेर क्रेता र बिक्रेताबीच बजारीकरण मेला फलदायी हुने समितिका कार्यकारी निर्देशक नविनकुमार झाले बताए। 
सबै जिल्लाबाट साना तथा घरेलु उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्न सजिलो होस भनेर विभिन्न जिल्लाबाट आउने उद्यमीलाई यातायाता भाडा , दैनिक भत्ता र स्टल निःशुल्क उपलब्ध गराइने समितिले जनाएको छ। मेला अबधिभर मेला अवलोकनको लागि विद्यार्थीलाई विशेष छुट दिइनेछ। प्रदर्शनीमा तीन सय स्टल रहने समितिले जनायो। प्रदर्शनीमा सहभागी उद्यमीहरुवाट उत्पादन भएको उत्पादनहरुलाई विभिन्न १५ वटा समूहमा विभाजन गरी प्रत्येकबाट उत्कृष्ट उद्यमी एक/एक जना, सहभागी महिला उद्यमीहरु मध्येबाट उत्कृष्ट उद्यमी एकजना र सहभागी लघु उद्यमीहरु मध्येबाट उत्कृष्ट उद्यमी एक जना गरी १५ जना उत्कृष्ट उद्यमीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराइने कार्यक्रमका सदस्य सचिव विनोद कुमार कार्कीले बताए। प्रदर्शनीलाई सफल पार्न विभिन्न १२ वटा समिति गठन गरिएको समितिले जनायो।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।