15 Chaitra, 2076 | March 28, 2020
Menu

अर्थ

ग्राहक तान्न उपहार योजना

(0 votes)
काठमाडौं-नव वर्ष २०७१ का अवसरमा विभिन्न उत्पादनका बिक्रेताले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।
नयाँ वर्षको उत्साहमा साथीभाइलाई उपहार तथा व्यक्तिगत प्रयोजनका लागि नयाँ सामान किन्ने ग्राहकीय मनोविज्ञान समात्दै कम्पनी तथा बिक्रेताले ‘आकर्षक प्योकज' का रूपमा छुट तथा उपहार योजना ल्याउने गरेका छन्। 
पछिल्लो समय बिक्रेताबीच दसैं, तिहार, भ्यालेन्टाइन्स डेमा जस्तै नयाँ वर्षमा पनि आकर्षक योजना ल्याउने स्पर्धा बढेको व्यवसायी बताउँछन्। यी योजनाले तुलनात्मक रूपमा कारोबार पनि बढ्ने उनीहरूको अनुभव छ। ‘फरक अवसरमा ल्याइने फरक स्किमले उत्पादन प्रवर्द्धनसाथै बिक्री पनि बढ्ने गरेको छ,' न्युरोडस्थित विद्युतीय घरायसी सामग्री व्यापारी रवीन्द्र मानन्धरले भने। छुट पाइने भएकाले उपभोक्ता पनि यस्ता अवसर पर्खन अभ्यस्त भइसकेका छन्। 
एलजी विद्युतीय सामग्री
चाौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलक्षित ‘एलजी लाइफटाइम अफ स्माइल्स अफर' सार्वजनिक गरेको छ। योजनाअन्तर्गत विभिन्न घरायसी सामग्री बजारमा छन्। सिजी चौधरी गु्रुपको एलजी ब्रान्डका विद्युतीयलगायत सामग्रीको नेपालका लागि आधिकारिक बिक्रेता हो। 
ग्राहकवर्गहरुले आफूलाई मन परेको एलजीका नयाँ मोडलका सामग्रीहरु रोज्न सक्ने र प्रत्येक सामग्रीको खरिदमा निश्चित उपहारहरु प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। यो योजना अनुसार ४७ र त्यो भन्दा माथिका थि्रडी टेलिभिजनको खरिदमा एजी साउन्ड बार, ४२ इन्चको थि्रडी टेलिभिजनको खरिदमा एलजी होम थिएटर, ३२ देखि ४२ इन्चसम्मको स्मार्ट टेलिभिजनको खरिदमा टच प्याड सहितको वायरलेस किबोर्डलगायतको उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै ३२ देखि ४२ इन्चसम्मको एलइडी टेलिभिजनको खरिदमा एलजी डिभीडी प्लेयर, २४ देखि २८ इन्चको एलइडी टेलिभिजनको खरिदमा लाभा मोबाइल एआरसी ११, डबल डोर रेफि्रजेरेटरको खरिदमा पिचर टम्बलर सेट, सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा रेफ कम्बो सेट, वासिङ मेसिनको खरिदमा केन्ट वाटर प्युरिफायर, वासिङ मेसिन सेमि एन्ड टप लोडको खरिदमा सिजी स्टिमा आइन, एयर कन्डीस्नरको खरिदमामा निःशुल्क जडान, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किटजस्ता आर्कषक उपहार उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ। 
इओएल प्राली 
विद्युतीय घरायसी सामाग्रीकै अर्को बिक्रेता इओएल प्रालिले विद्युतीय घरायसी सामाग्री ‘स्योर सट एन्ड एक्सचेन्ज अफर' योजना सार्वजनिक गरेको छ। तोसिबाको नेपालका लागि आधिकारिक बिक्रेता इओएल प्रालिको यस योजना अन्तर्गत ३९ इन्चको र्स्माट एलईडी टिभीमा लोजिटेक किबोर्ड र वायरलेस माउस, ३२ इन्च तथा सोभन्दा माथिको एलइडी टिभीमा ४० ग्रामको चाँदीको दियो, २९ इन्चको टिभीमा २५ ग्रामको सिल्भर दियो, २३ र २४ इन्चको एलइडी टिभीमा टिसर्ट र वासिङ मेसिनमा आइरन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरअन्तर्गत कुनै पनि ब्रान्ड सिआरटी , एलसिडी र एलइडी टिभीको सट्टा तोसिबाको २४ देखि ३९ इन्चसम्मको एलइडी टिभी पाउन सकिने कम्पनीले जनाएको छ। 
कम्पनीले नयाँ वर्ष अवसर पारी विभिन्न टिसिएल ब्रान्ड टिभी, वासिङ मेसिन, चेस्ट फ्रिजरहरु खरिद गर्ने उपभोक्ताहरुमा उपहार योजना पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार २८ इन्चदेखि माथिको एलसिडी र एलइडी टेलिभिजन खरिदमा इन्टेक्स मोबाइल फोन, २४ र २३ इन्च एलसिडी र एलइडी टेलिभिजन खरिदमा जगर सुट ग्राहकले प्राप्त गर्ने छन्। त्यस्तै १९ र १६ इन्चको एलसिडी र एलइडी टेलिभिजनको खरिदमा टि–सर्ट, चेस्ट फि्रजरको खरिदमा पिचर टम्ब्लर सेट तथा वासिङग मेसिनको खरिदमा रिको आइरन उपलब्ध छन्। कम्पनीले गोदरेजको रेफ्रिजेरेटरको खरिदमा रेफ्रिजेरेटर किट तथा कम्बो सेट उपहार उपलब्ध गराएको छ भने वासिङ मेसिनको खरिदमा रिको स्टिम आइरन उपहार उपलब्ध गराएको छ। 

सुबिसु 
केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले नयाँ वर्ष २०७१ लाई लक्ष्य गरी ‘सुबिसु नयाँ वर्ष २०७१' योजना बजारमा ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले मासिक २ हजार ७१ मा ५१२/५१२ केबिपिएस अनलिमिटेड ब्रोडब्यान्ड इन्टरनेट प्याकेज प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसमा वाइफाई राउटर, केबल मोडेम, जडान खर्च, केबल टिभीका च्यानल ग्राहकले प्राप्त गर्नेछन्। योजनामा भाग लिन ग्राहकले ६ महिनाको अग्रिम भुक्तानी गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।
नेपाली जुत्ता घर 
नयाँ वर्ष र नयाँ शैक्षिक सत्रलाई लक्ष्य गर्दै नेपाली जुत्ताघरले सबै ब्रान्डका जुत्ता चप्पलमा १० प्रतिशत छुट उपलब्ध गराएको छ। जुत्ताघरमा रहेको शिखर, बिएफडियरहिल, स्काई, कोसेली, क्रसरोड, लेदर विंग्स, टाकुरा, सफटच र सुल्यान्ड लगायतका ब्रान्डका जुत्ता चप्पलहरुमा उपभोक्ताले १० प्रतिशत सम्म छुट पाउने कम्पनीका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले बताए। योजना वैशाख १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ। 
बाटा र फिटराइट
नयाँ वर्षको अवसरमा बाटा र फिटराइट कम्पनीले आफ्ना उत्पादनको खरिदमा ६० प्रतिशतसम्मको विशेष छुट दिएको छ। उक्त कम्पनीले आयोजना गरेको ग्रान्ड सेल मेलामा बाटा, फिटराइट एवं सिग्नेचर ब्रान्डका जुत्ता तथा चप्पलहरू खरिदमा उक्त छुट दिएको हो। राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा चैत्र २५ गते देखि सुरु भएको यो मेला नयाँ वैशाख ३ गतेसम्म चल्नेछ। 
फिस्टेल अल्ट्रा फ्लाइट्स
नयाँ वर्षको अवसरमा फिस्टेल अल्ट्रा फ्लाइट्सले विशेष छुट योजना ल्याएको छ। नयाँ वर्षमा पोखरा घुम्न आउनेे पर्यटक र स्थानीयलाई समेत यो छुट योजना उपलब्ध गराउने प्रबन्ध निर्देशक पारसराज गौतमले जानकारी दिए। यो छुट योजना वैशाख ६ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।