Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

अर्थ

नेप्से ८ अंकले बढ्यो

(0 votes)
काठमाडौं-कारोबार भएका सबै समूहका परिसूचक बढेकाले नेप्से सोमबार उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।
स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ८.०० अंकले बढेर ७८२.७६ मा आइपुगेको छ। आइतबार नेप्से ०.५२ अंकले घटेको थियो।
बिमा समूहको परिसूचक यस दिन सबभन्दा उच्च (३९.१२) अंकले बढेको छ। यसलाई क्रमशः जलविद्युत, वित्त, होटल, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, विकास बैंक, बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य र उत्पादनमूलक समूहले पछ्याएका छन्। व्यापार समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई नौ समूहमा विभाजन गर्दै आएको छ। 
सोमबार एक हजार ९ सय ९० कारोबारमा ३० करोड ३० लाख २२ हजार रुपैयाँ बराबरका आठ लाख ४७ हजार ३४ कित्ता सेयर कारोबार भएका छन्। आइतबार दुई हजार १५ कारोबारमा २४ करोड ८४ लाख ७४ हजार रुपैयाँ बराबरका पाँच लाख ५३ हजार ४७ कित्ता सेयर कारोबार भएका थिए।
संविधानसभाको चुनावअघि दैनिक १२ करोड रुपैयाँको कारोबार हुँदै आएको सेयर बजारमा चुनावपछि ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको थियो। पुस ४ गते ८१ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका थिए। नियमित कारोबारमै यति ठूलो रकमको सेयर किनबेच भएको यो पहिलो पटक हो। 
यस दिन सानिमामाई हाइड्रोपावर कम्पनी सबैभन्दा धेरै (१६५) पटक सेयर किनबेच हुने कम्पनी हो। कारोबार रकम (८ करोड ७९ लाख ३० हजार रुपैयाँ) का आधारमा तारागाउँ रिजेन्सी होटल अगाडि छ। किनबेच भएका सेयर संख्या (४ लाख ६२ हजार ७ सय ९० कित्ता) का आधारमा पनि तारागाउँले नै अग्रता लिएको छ। 
हाम्रो विकास बैंक, नेपाल इन्स्योरेन्स र नागरिक लगानी कोष यस दिन सेयर मूल्य उल्लेख्य रुपमा बढ्ने कम्पनीको सूचीमा अगाडि छन्। लुम्बिनी जनरल इन्स्योरेन्स, सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र समट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य उल्लेख्य रुपमा घटेको छ। 
सोमबारको कारोबार अनुसार बजार पुँजीकरण ७ खर्ब ९७ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा १० अर्ब रुपैयाँ बढी हो। पाँच वर्षअघि बजार उचाइमा पुगेको बेला यो ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।