Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

अर्थ

नेप्से १४ अंकले बढ्यो

(0 votes)
काठमाडौं-सेयर बजारमा गत साता तुलनात्मक रुपमा थोरै रकमको कारोबार भए पनि परिसूचकहरु बढेका छन्। स्टक एक्सचेन्जका अनुसार साताभर १ सय ५० कम्पनीहरुको सेयर कारोबार भएको छ थियो।
ती कम्पनीहरुको ८ हजार तीन सय ९१ कारोबारबाट एक अर्ब ३९ करोड १५ लाख ६१ हजार रुपैयाँ बराबरका २३ लाख ३४ हजार ४ सय ४ कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। अघिल्लो साता १ सय ६० कम्पनीहरुको कारोबार भएको थियो। ती कम्पनीहरुको १० हजार ५ सय ८ कारोबारमा एक अर्ब ५४ करोड ६८ लाख ८ हजार रुपैयाँ बराबरका ३१ लाख ७७ हजार ४९ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए। कारोबार रकम अघिल्लो साताको तुलनामा १०.०३ प्रतिशतले कम हो। जम्मा कारोबार मध्ये ‘क' वर्गका कम्पनीहरुको मात्र ८२ करोड ५८ लाख ७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो कूल कारोबारको ५९.३४ प्रतिशत हो। स्टक एक्सचेन्जले तुलनात्मक रुपमा राम्रो वित्तीय अवस्था र संस्थागत सुशासन भएका कम्पनीलाई ‘क' वर्गमा राख्दै आएको छ। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४.०१ अंकले वृद्धि भई अन्तिम दिन ८१२.११ अंकमा पुगेको छ। वित्त बाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले समग्र परिसूचक नेप्से उकालो लागेको हो। बिमा समूहको परिसूचक सबैभन्दा उच्च (१४०.९०) अंकले बढेको छ। ‘क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.६७ अंकले वृद्धि भई १९२.६१ अंकमा आईपुगेको छ। गत साता कारोबार रकम (२४ करोड ७८ लाख ५१ हजार रुपैयाँ) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कारोबार भएको सेयर संख्या (२ लाख १९ हजार ७ सय ६२ कित्ता) को आधारमा नेपाल बैंक अग्रस्थानमा छ। कारोबार संख्या (५९६ वटा) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अगाडि छ। गत साता स्टक एक्सचेन्जमा ४ दिन मात्र कारोबार भयो। सातामा संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। एक्सचेन्जले नेपाल इन्भेस्टमेन्ट बैंक, मितेरी विकास बैंक र सेती फाइनान्सको बोनस सेयर सूचीकरण गरेको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।