Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

अर्थ

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

  • बुधबार ३ बैशाख, २०७१
  • लक्ष्मण वियोगी
  • DISQUS_COMMENTS
(0 votes)
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी
काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा यस्ता क्रियाकलाप बढ्दै गएका हुन्।


विद्युतीकरणका लागि ट्रान्सफर्मरको चर्को अभाव भइरहँदा चोरी बढ्नुले थप समस्या उत्पन्न हुँदै गएको ग्राहक तथा वितरण केन्द्रका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले नागरिकलाई बताए। 'कार्यालयका कर्मचारीको मिलेमतोसमेतमा चोरी हुने गरेको पाइएको छ,' उनले भने, 'यस्तो बदमासी बढ्दै जाँदा प्राधिकरणलाई आर्थिक नोक्सानी त थपिने नै भयो, बिजुली हुँदा पनि सर्वसाधारण अँध्यारोमा बस्नुपर्ने बाध्यता हुन्छ।'

कर्मचारीकै मिलेमतोमा कार्यालयभित्र राखिएका मात्र नभएर सहरदेखि गाउँसम्म जडान गरिएका ट्रान्सफर्मरसमेत चोर्ने गतिविधि बढ्दै गएको प्राधिकरणका एक उच्च अधिकारीले बताए। 'लोडसेडिङको समयमा वितरण प्रणालीबाट ट्रान्सर्फमर झिक्ने क्रियाकलापमा सम्बन्धित शाखाका कर्मचारी मिल्ने गर्छन्,' ती अधिकारीले भने, 'रातको समयमा कन्डक्टर (तार) समेत काट्ने गिरोह बढ्दै गएको छ, यस्ता घटनाले चोरी भएका क्षेत्रमा 'ब्ल्याक आउट' हुने खतरा बढेको छ।'

बाहिर चोरी भए पनि कार्यालयभित्र रहेका ट्रान्सफर्मर चोरिनुमा क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रप्रमुख नै जिम्मेवार हुने पनि प्राधिकरणका अधिकारी बताउँछन्। प्राधिकरणका अनुसार नेपालगन्ज, बुटवल, जनकपुर र हेटौंडा क्षेत्रीय कार्यालय, सिन्धुली, बागलुङ, कुलेश्वर कार्यालय र त्यसअन्तर्गतका दर्जनभन्दा बढी क्षेत्रमा ट्रान्सफर्मरको चोरी बढेको छ।

विगत दुई वर्षमा कार्यालयभित्र र जडान भएका क्षेत्रबाट गरी ५० भन्दा बढी ट्रान्सफर्मर चोरी भएका छन्। क्षेत्रीय कार्यालयबाट चोरीको सबै विवरण मगाइए पनि हालसम्म नआएको पाण्डेयले बताए। उनले भने, 'नेपालगन्ज, हेटौंडा, काठमाडौंलगायतका क्षेत्रीय कार्यालयबाट हालसम्म करिब २० ट्रान्सफर्मर चोरिएको विवरण आएको छ, अन्य क्षेत्रमा ताकेता भइरहेको छ।' यसमा कर्मचारी दोषी देखिए कर्मचारी नियमावलीअनुसार कडा कारबाही गरिने उनले प्रस्ट पारे।

५० र ८० केभिएदेखि १०० केभीएसम्मका ट्रान्सफर्मर बढी चोरी भएको ग्राहक तथा वितरण केन्द्रले जानकारी दिएको छ। चोर्ने व्यक्तिसँग कर्मचारी मिल्नु र कार्यालयभित्र उचित सुरक्षा व्यवस्था नहुँदा पनि चोरी बढेको कर्मचारीको तर्क छ। ८० केभिएको एउटा ट्रान्सफर्मर चोरिँदा (औसत प्रतियुनिट बिक्री ८.०४ रुपैयाँ) दैनिक २ लाख ३२ हजार रुपैयाँ बराबरको २ लाख ८८ हजार युनिट बिजुली नोक्सान हुन्छ। ५० ट्रान्सफर्मरबाट एक दिनमा मात्र १ करोड १६ लाख रुपैयाँसम्म प्राधिकरणलाई नोक्सान हुने एक इन्जिनियरले बताए।

सम्बन्धित कार्यालयबाट ट्रान्सफर्मर चोरी हुँदा प्राधिकरणले हालसम्म कुनै कर्मचारीलाई कारबाही गरेको छैन। प्रभावकारी अनुगमनमा पनि प्राधिकरण चुकेको छ। तर, प्राधिकरणका केही कर्मचारी कुनै कार्यालयबाट यसरी ट्रान्सफर्मर चोरी नभएको दाबी गर्छन्। जडान गरिएका स्थानबाट भएको चोरीमा प्रहरीले दोषी समात्न नसकेका कारण गलत नियतका कर्मचारीको गिरोहसँग मिलेमतो बढ्दै गएको स्रोतले बतायो।

ट्रान्सफर्मरभित्रको तामाको तार महँगोमा बिक्री हुने हुँदा तारकै लागि बढी चोरी हुने गरेको पाइएको छ। सहरको तुलनामा दुर्गम ग्रामीण क्षेत्रमा चोरी हुने क्रम बढ्दै गएको पाण्डेयले बताए। 'अनकन्टार ठाउँमा जडान गरिएका ट्रान्सफर्मरको रेखदेख गर्न कर्मचारीले सक्दैनन्, त्यहाँ सुरक्षा संयन्त्र पनि नहुँदा चोरीका घटना बढ्दै गएका छन्,' उनले भने। यस्ता क्रियाकलापमा स्थानीय गिरोह र कर्मचारी दुवैको मिलेमतो हुँदै आएको एक वितरण केन्द्रका कर्मचारी बताउँछन्।

नियम, कानुनको अभाव र सरकारले सुरक्षा व्यवस्था गर्न नसक्दा यस्ता घटना बढिरहेको कर्मचारीको तर्क छ। तर, कार्यालयभित्रै कर्मचारीद्वारा हुँदै आएका बदमासीलाई व्यवस्थापनले बेवास्ता गरेको इन्जिनियर गुनासो गर्छन्। चीन, थाइल्यान्ड, भारतलगायतका देशबाट आयात गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणपछि ट्रान्सफर्मर किनिएको छैन।

साढे दुई वर्षदेखि ट्रान्सफर्मर नहुँदा सहरदेखि गाउँसम्म विद्युतीकरणमा सुधार हुन सकेको छैन भने नयाँ योजना कार्यान्वयन गर्न नसकिएको कर्मचारी नै स्वीकार्छन्। प्राधिकरणका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रमा हालसम्म करिब ४ हजार ट्रान्सफर्मर अभाव छ। १ हजार २ सय थान किन्न ठेक्का प्रक्रिया अगाडि बढाइए पनि ट्रान्सफर्मर ल्याउन थप ६ महिना लाग्ने छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।