Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

अर्थ

प्रांगारिक मलको नाममा माटो बिक्री

(0 votes)
काठमाडौं-सरकारी अनुदान लिएका व्यापारीले प्रांगारिक मलको नाममा माटो बेचेको पाइएको छ। व्यवसायीले उत्पादन गरेको मल १० दिनअघि सरकारी ल्याबमा परीक्षण गर्दा माटो भेटिएको हो।


कृषि विकास मन्त्रालयअन्तर्गत माटो व्यवस्थापन निर्देशनालयका अनुसार प्रांगारिक मल उत्पादन गर्न सरकारी अनुदान लिएका व्यवसायीको कारखानामा उत्पादित मलमा माटो भेटिएको हो। निर्देशनालय प्रांगारिक मल परीक्षण गर्ने सरकारको आधिकारिक निकाय हो।

निर्देशनालयका वरिष्ठ माटोविज्ञ चन्द्र रिसालले सरकारले किन्ने मलमा नाइट्रोजन १.५, फस्फोरस ०.५, पोटास १.५ र चिसोपन २० देखि ३० प्रतिशत हुनुपर्ने बताए।

व्यापारीले उत्पादन गरेको मल सरकारी मापदण्डविपरीत रहेकालेे टेन्डर रोकिएको मन्त्रालयले बताएको छ। कृषि विकास मन्त्रालयले यो वर्ष प्रांगारिक मल किन्न १० करोड रुपैयाँ विनियोजन गरेको छ। कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले हालको कार्यविधि संशोधन गरेपछि मात्रै प्रांगारिक मल किन्न टेन्डर आह्वान गर्ने जानकारी दिए। उनका अनुसार व्यापारीद्वारा उत्पादित मलमा माटो भेटिएपछि मन्त्रालयले कार्यविधि नै संशोधन गर्न लागेको हो।

मन्त्रालयले आगामी एक महिनाभित्र मल खरिदका लागि टेन्डर आह्वान गर्छ। 'प्रांगारिकको नाममा व्यापारीले माटो बेच्न टेन्डर हाल्छन्,' मन्त्री पराजुलीले भने, 'सरकारले यस्तो किन्दा किसानलाई घात हुने भएपछि टेन्डर प्रक्रिया तत्काल रोकिएको हो।'

निर्देशनालयका अनुसार पूर्वमन्त्री केशवलाल श्रेष्ठले उत्पादन गरेको मलमा पनि माटो भेटिएको छ। उनको बनसुन प्रांगारिक मल काराखानाबाट उत्पादित मल सरकारी मापदण्डअनुसार छैन। तात्कालीन कृषि विकास मन्त्री नन्दनकुमार दत्तको पालामा पनि व्यापारीले मलको नाममा माटो उत्पादन गरेर बिक्री गर्न खोजेपछि सरकारले ५ हजार टन मल किन्ने योजना रद्द गरेको थियो।

सरकारले रासायनिक मल आयात प्रतिस्थापन र प्रांगारिक उत्पादन बढाउने उद्देश्यले करोडौं रुपैयाँ अनुदान दिएको छ। प्रांगारिक मल कारखानालाई आवश्यक पर्ने मेसिन औजार आयातमा ५० प्रतिशत अनुदान छ। व्यापारीले त्यही सरकारी अनुदानसमेतबाट कारखाना खोलेर कृषकलाई माटो बेचिरहेको खुलेको हो।

सरकारले प्रांगारिक मल किन्न टेन्डर आह्वान गर्ने थाहा पाएपछि मन्त्रालयमा माटो उत्पादन र बिक्री गर्ने व्यापारीको घुइँचो लागेको छ। अहिले दिनैपच्छिे मन्त्रीलाई भेट्ने र हाम्रो मल किनिदिनु पर्‍यो भनेर आग्रह गर्नेको संख्या बढदै गएको मन्त्रालय स्रोतले बतायो।

अखिल नेपाल किसान महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले अरु व्यापारीलाई समेत 'आफ्नै पार्टीको मान्छे मन्त्री रहेकोले मल बेचाइदिने' आश्वासन दिएको स्रोतले बतायो। मलको नाममा माटो बिक्री गर्ने व्यापारी गुणस्तर सुधार्नतिर भन्दा श्रेष्ठको चाकरीका लागेको स्रोतको दाबी छ।

'प्रांगारिक मल कारखाना नै नभएका व्यक्ति सरकारलाई मल बिक्री गर्छु भनेर हिँडेका छन्,' एक व्यापारीले नाम नबताउने सर्तमा भने, 'त्यस्ता व्यापारीले माटो नबेचेर के गरुन् त?' सरकारी मापदण्डअनुसार मल उत्पादन गर्ने व्यक्ति उनीहरूको पछि नलाग्ने उनले बताए। 'हाम्रो मल सरकारले नकिने पनि किसानले ढुक्कसँग किन्छन्,' उनले भने।

निवर्तमान कृषिमन्त्री टेकबहादुर घर्तीले पनि व्यापारीको दबाबका कारण सरकारले १ हजार ९ सय मेटि्रक टन प्रांगारिक मल किनेको बताए। त्यसबेला सरकारले प्रतिकेजी १३ रुपैयाँमा मल किनेको थियो।

मन्त्री पराजुलीले पनि सरकारले किन्ने मल गुणस्तरीय हुनुपर्ने बताए। 'गुणस्तरमा कमी हुनु हुँदैन,' उनले भने, 'मापदण्ड पूरा गरेर उत्पादन गरेको मल मात्रै खरिद गर्छौं।'
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।