Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

अर्थ

निगमलाई थप दुई वर्ष ग्राउन्ड ह्यान्डलिङ

(0 votes)
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको 'कमर्सियल ग्राउन्ड ह्यान्डलिङ' सेवा दुई वर्षका लागि नवीकरण भएको छ।


उड्डयन क्षेत्रको नियामक निकाय तथा मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा थप दुई वर्ष नवीकरण गरेको हो। प्राधिकरण र निगमबीच लामो छलफलपछि गत शुक्रबार दुई वर्षे नवीकरणका लागि सम्झौता भएको थियो। प्राधिकरण र निगमबीच ह्यान्डलिङ सुविधाबारे भएको पाँच वर्षे सम्झौताको म्याद गत माघ २७ मा सकिएको थियो।

सम्झौताअनुसार ग्राउन्ड ह्यान्डलिङ सेवाको स्तरसम्बन्धमा 'इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन' प्रमाणित मान्यता पाएपछि थप तीन वर्ष (सन् २०१९ फेब्रुअरी ११) सम्म निगमलाई एकाधिकार प्राप्त हुनेछ।

यसअघि प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ गर्न अर्को कम्पनी थप्ने तयारी गरे पनि तत्काल निगमले प्रतिस्पर्धा गर्नुनपर्ने भएको छ। तर, ह्यान्डलिङ सेवा सञ्चालन गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने वार्षिक शुल्क भने केही बढी तिर्नुपर्ने छ। यसअघि तिर्दै आएको १० प्रतिशत वार्षिक शुल्क अबदेखि १२ दशमलव ५ प्रतिशतसम्म तिर्न पनि निगम सहमत भएको छ।

त्रिभुवन विमानस्थलमा उडान–अवतरण गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजहरूलाई आवश्यक पर्ने भर्‍याङ, ब्यागेज बोक्ने गाडी, यात्रुलाई जहाजसम्म पुर्‍याउने र ल्याउने ठूला बसलगायत सुविधा उपलब्ध गराउने कामलाई ग्राउन्ड ह्यान्डलिङ भनिन्छ। यस्तो काम वायुसेवा निगमले गरिरहेको छ।

प्राधिकरणले २०६५ माघ २७ मा निगमलाई पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ गर्न दिने सम्झौता गरेको थियो। त्यसको म्याद २०७० माघ २७ मा सकिइसकेको छ। निगमले ह्यान्डलिङ सेवा अवधि पाँच वर्ष बनाउने ठूलो प्रयास गरे पनि सफल हुन नसके पनि प्राधिकरणले प्रस्ताव गरेको सेवा शुल्क १५ बाट घटाएर साढे १२ प्रतिशत बनाउन भने सफल भएको छ।

निगमले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा हालसम्म झन्डै १ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। उसले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक २ अर्ब रुपैयाँबराबरको आम्दानी गरिरहेको छ। यसको १० प्रतिशत अर्थात् २० करोड रुपैयाँ प्राधिकरणले लिने गर्छ। अब यो शुल्क वार्षिक २५ करोड हुने गर्छ।

निगम व्यवस्थापनले एक वर्षभित्र उपयुक्त उपकरण तथा दक्ष जनशक्ति व्यवस्था गरी स्तरीय सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणको सर्तमा पनि सहमति जनाएको छ। त्यसैगरी निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा गुणस्तरीय बनाउन आवश्यक प्रक्रिया सुरु गरिसकेको र दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको सेवा दिन कटिबद्ध रहेको जनाएको छ।

त्रिभुवन विमानस्थलमा हाल २७ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। तीमध्ये थाइल्यान्डको थाई एयरवेज र भारतको एयर इन्डियाबाहेक बाँकी सबैको ग्राउन्ड ह्यान्डलिङ निगमले गर्दै आएको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।