Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

अर्थ

जति पैसा बुझायो त्यति तेल

(0 votes)
काठमाडौं-इन्डियन आयल कर्पोरेसन(आइओसी)ले रकमका आधारमा पेट्रोलियम पदार्थ दिने भएको छ। बक्यौता रकम नबुझाएपछि आइओसीले आयल निगमलाई आपूर्ति कटौती गरेको हो।


आइओसीले मार्च महिनामा बक्यौंता रकम तिर्न ताकेता गरेको थियो। निगमले आइओसीलाई झन्डै पाँच अर्ब रुपैयाँ तिर्न बाँकी छ।

'आइओसीले हामीले जति रकम दियो त्यही आधारमा पेट्रोलियम पदार्थ दिने भनेर चिठी पठाएको छ,' निगमका निर्देशक सुशील भट्टराईले मंगलबार नागरिकसँग भने, 'आइओसीले दिएकै आधारमा तेल वितरण गरिरहेका छौ।' बक्यौंता तिर्न नसकेपछि आइओसीले बीस प्रतिशत पेट्रोलियम पदार्थ कटौती गरिरहेको छ।

१५ दिनअघि निगमले बक्यौता रकम तिर्ने प्रतिवद्वता जनाएपछि केही दिन पूर्ववत रुपमा तेल आपूर्ति गरेको थियो। आइओसीले मार्च महिनामा बक्यौता तिर्न दिएको अल्टिमेटम बढाउँदै लगेर अप्रिलको १० सम्म पुर्‍याएको थियो। यो अवधिमा समेत निगमले बक्यौंता तिर्ने आधार दिन नसकेपछि फेरी तेलको कटौती गरेको हो। निगमले तेल आपूर्ति सहज बनाउन झन्डै एक महिनाअघि तीन अर्ब रकम माग गर्दै वाणिज्य मन्त्रालयमा प्रस्ताव पठाएको थियो। यो प्रस्तावलाई वाणिज्यले अर्थमन्त्रालयमा पठाइसकेको छ। अहिलेसम्म वाणिज्यले पठाएको प्रस्तावमा कुनै सुनुवाई हुन सकेको छैन। वाणिज्यले पठाएको प्रस्तावको बारेमा छलफल भइरहँदा अर्थसचिव र वाणिज्यसचिवको सरुवाले फेरी शून्यबाट अगाडी बढ्नुपर्ने अवस्था आएको छ।

'सचिवको सरुवाले पैसाको बारेमा शून्यबाट अघि बढ्नुपर्ने अवस्था आएको छ,' निगमका एक अधिकारीले भने, 'हामीलाई तत्कालै रकमको आवश्यकता छ।' ती अधिकारीका अनुसार अहिले तेल आपूर्ति सहज बनाउन मौज्दातबाट झिकेर चलाउन थालिएको छ।

आइओसीले तेल कटौती गरेपछि बजारमा अभाव भइसकेको छ। भारतमा आइतबार र सोमबारको बन्दले उपत्यकामा थप तेल अभाव भएको थियो। सोमबार र मंगलबार दिउँसोसम्म उपत्यकाका धेरै पम्प बन्द थिए। बेलुकातिर तेल आएपछि पम्पमा सवारी साधनको लाइन थियो। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर निगमको नोक्सानी बढेको बढ्यै छ। आइओसीले अप्रिलमा पठाएको मूल्य अनुसार निगमलाई ७२ करोड नोक्सानी छ। अघिल्लो महिना १ अर्ब २२ करोड नोक्सानी थियो। अप्रिलको मूल्य अनुसार निगमलाई पेट्रोल एक लिटरमा ९ रुपैयाँ ४२ पैसा, मट्टितेलमा ११ रुपैयाँ २४ पैसा र हवाई इन्धनमा ४३ रुपैयाँ ५३ पैसा नाफा छ। तर सबैभन्दा बढी खपत हुने डिजल एक लिटरमा ४ रुपैयाँ ३१ पैसा र ग्यास एक सिलिन्डरमा ६ सय ८९ रुपैयाँ नोक्सानी छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।