Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

अर्थ

राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि मेला हुने

(0 votes)
काठमाडौं-घरेलु तथा साना उद्योग विकास समितीले हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको रजत महोत्सव मनाउने तयारी गर्दैछ। वैशाख ४ देखि ८ गतेसम्म हुने यस प्रदर्शनी तथा रजत महोत्सवमा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कृत पनि प्रदान गरिनेछ।


२०४२ सालदेखि निरन्तर गर्दै आएको यस राष्ट्रिय औद्योगिक प्रदर्शनीको २५ औं मेलामा ढाका कपडा, बाँसजन्य उत्पादन, अल्लोजस्ता प्राकृतिक रेशाबाट उत्पादित वस्तुहरू, छाला वस्तु, खाद्य वस्तु, आर्गानिक चिया र कफि, हाते कागज तथा ऊनबाट उत्पादित वस्तुहरू लगायत उद्यमीहरूले उत्पादन गरेका अन्य विविध हस्तकला सामाग्रीहरूको प्रदर्शनी गरिनेछ।

'यस प्रदर्शनीको मुख्य उद्देश्य लघु, घरेलु तथा साना उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनु हुनेछ,' राजधानीमा आयोजित पत्रकार सम्मेलनमा घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झाले भने, 'उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार विस्तार तथा प्रर्वद्धन गर्न, लघु, घरेलु तथा साना उद्योगका उत्पादन बारे आम उपभोक्तालाई परिचित गराउनु रहनेछ।' यस प्रदर्शनीको माध्यमबाट नेपाली उद्यमीहरूलाई आफ्ना उत्पादन प्रदर्शन गरी उपभोक्ताहरूबाट प्राप्त जानकारी तथा सल्लाह सुझाव थप उर्जा प्राप्त हुने विश्वास लिइएको उनले बताए।

बजारमा तीब्र प्रतिस्पर्धा भएकाले साना उद्योगलाई टिक्न साह्रै गाह्रो भएको जनाउँदै झाले उत्पादक, बिक्रेता र त्रे्कताबीचको सम्बन्ध बढाउन र कुन ठाउँमा कस्ता उत्पादन हुन्छन् भन्ने जानकारी गराउन यो प्रदर्शनी उपलब्धीमूलक रहने बताए।

द्वन्द्व पीडित १३ सयभन्दा धेरैले घरेलु तथा साना उद्योग तालिमबाट हासिल गरेको उपलब्धिलाई पनि प्रदर्शनीमा सहभागी गराइने झाले जनाकारी गराए।

उक्त प्रदर्शनीमा ३ सयको हाराहारीमा स्टल रहने र एक लाख भन्दा बढी स्वदेशी तथा विदेशी अवलोकनकर्ता आउने र ५ करोड बराबरको उत्पादित सामानहरू बिक्री गर्ने लक्ष्य राखिएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रदर्शनीमा सहभागी उद्यमीमाध्ये सर्वोत्कृष्ट एक जनालाई ३० हजार नगद, सिल्ड र प्रमाणपत्र र प्रदर्शनीमा राखिएका उत्पादनहरूलाई विभिन्न १५ वटा समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट उद्यमी एक/एक जनालाई २०/२० हजार नगद, सिल्ड र प्रमाणपत्र र प्रत्येक समूहबाट द्वितीय हुने एक/एक जनालाई १०/१० हजार नगद र प्रमाण पत्र उपलब्ध गराइने र आवश्यकता अनुसार सहभागी उद्यमीलाई ३ हजार र प्रमाणपत्र दिइने विज्ञप्तिमा जनाइएको छ।

प्रदर्शनीमा पश्मिना तथा ऊनी, ढाका तथा तयारी कपडा, धातुबाट निर्मित गहना तथा अन्य कलात्मक वस्तु, बाँस तथा निगालोजन्य, छाला वस्तु तथा फुटवेयर, काष्ठकला, कृषि तथा वनजन्य, उनी गलैंचा तथा राडिपाखी, हाते कागज, खाद्य तथा पेय, प्राकृतिक रेशाजन्य कपडा, प्रविधि वस्तु समूह, विविध वस्तु समुह, लघु उद्यमी र महिला उद्यमी समूहको गरी १५ वटा वस्तु समूहहरूको सहभागिता रहनेछ।

घरेलु तथा साना उद्योग विभागका निर्देशक गोकुल धितालले घलु तथा साना उद्योग देश विकास र रोजगारीको मेरुदण्ड भएको बताउँदै यी उद्योगको विकासमा जोड दिनुपर्ने बताए। 'यो प्रदर्शनी घरेलु तथा साना उद्योगको रजत महोत्सव र पुरस्कार वितरण भएकाले अझ महत्व बढेको छ,' धितालले भने।

सह आयोजकका तर्फबाट बोल्दै व्यावसायिक किट विका निर्देशनालयकी सुनिता पाण्डेले रेशमबाट बनेका उत्पादनहरू प्रदर्शनीका ल्याइने जानकारी गराइन।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।