Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

अर्थ

नागरिक

नागरिक

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

कास्मिरको आक्रमणमा चारको मृत्यु

  • एशिया
श्रीनगर (भारत), (एजेन्सी)– भारतसमर्थक कास्मिरका राजनीतिज्ञ यावर मसुदको घरमा लडाकुले आइतबार गरेको आक्रमणमा दुई सुरक्षाकर्मी मारिएका छन्।

अफगानिस्तानमा राष्ट्रपति निर्वाचन

  • एशिया
काबुल (एजेन्सी)– अफगानिस्तानमा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणनामा पूर्व विदेशमन्त्री अब्दुल्लाह अब्दुल्लाह अरु उम्मेदवारभन्दा अघि रहेका छन्।

नमुना सडक योजना रोकियो

  • देश
काठमाडौं-चीन सरकारको सहयोगमा विस्तार भइरहेको कलंकी–कोटेश्वर सडकमा पहिलो चरणमा निर्माण गर्ने भनिएको नमुना सडक खण्ड नबन्ने भएको छ।

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर नभएको, पूर्वसहमतिअनुसार काम नगरेकोलगायतका कारण आन्दोलनस्वरुप प्रतियोगिता बहिस्कार गरेपछि त्यसको सवैभन्दा ठूलो मारमा एपिएफ परेको छ।

वार्ता प्रकृया मंगलबारबाटमात्रै

काठमाडौं– राष्ट्रिय टोलीका क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले वार्तामा आउन भने पनि त्यसको प्रकृया मंगलबार अगाडि सुरु नहुने भएको छ।

भारत टिम च्याम्पियन

  • अन्य
काठमाडौं– लिला अधिकारी, सुशीला अधिकारी र राजन जोशीले आइतबार सम्पन्न सातौं दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिपमा रजत पदक जितेका छन्। पहिलो दिन सुनीता बोहराले नेपालको लागि एकमात्र स्वर्ण पदक जितेकी थिइन।

भारतमा आठौं संस्करण

प्रतियोगिताको आठौं संस्करण भारतमा हुने भएको छ। नेपाल जुडो संघ तथा दक्षिण एसियाली जुडो महासंघका अध्यक्ष दीपकहर्ष बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले आइतबार आठौं संस्करण भारतमा आगामी वर्ष गर्ने निर्णय गरेको हो। बैठकले तेश्रो जुडो फर पिस एन्ड क्याडेट च्याम्पियनसिप २०१४ को नोभेम्बर–डिसेम्बरमा श्रीलंका, जुनियर जुडो च्याम्पियनसिप २०१५ को मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरिएको अध्यक्ष बज्राचार्यले बताए।

उद्योग वाणिज्य महासंघमा १७औं अध्यक्ष

काठमाडौं - निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको १७औं अध्यक्षमा प्रदीपजंग पाण्डे निर्वाचित भएका छन्। महासंघको ४८औं साधारण सभाबाट पाण्डे निर्वाचित भएका हुन्। शनिबार भएको निर्वाचनमा पाण्डेले साबिकका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई पराजित गरेका थिए। पाण्डेले १ हजार ५५ र राजकर्णिकारले ८ सय ८७ मत पाएको निर्वाचन समितिले जनाएको छ।

‘मुखौटा'को पहिलो झल्को

काठमाडौं– फिल्म ‘मुखौटा'ले नयाँ वर्षको पूर्व सन्ध्यामा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको छ। ‘रिलिज नजिकिँदै छ। फिल्मको पोस्ट प्रोडक्सन र प्रचारप्रसार एकसाथ अगाडि बढाउनु पर्ने बाध्यता छ। विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारीमा छौं,' निर्माता रविन श्रेष्ठले भने।

कठेतको पटकथा उत्कृष्ट

  • अन्य
काठमाडौं– नेपाली लेखकबीच भएको पटकथा लेखन प्रतियोगितामा राजन कठेत विजयी भएका छन्। न्यु नेपाली सिनेमा डट कमको आयोजनामा गत असारमा सुरु भएको ‘नेपाली सिनेमा स्त्रि्कप्ट लेखन प्रतियोगिता'मा उत्कृष्ट भए वापत कठेतले दुई लाख २५ हजार रुपैयाँ जितेका छन्। उनको ‘चाल' शीर्षकको पटकथाले १२१ कथालाई उछिनेको हो।

मल्ल र निभा सम्मानित

  • अन्य
काठमाडौं– अशेष मल्ल र विमल निभालाई ‘स्रष्टा चैत्र ३०' सम्मान प्रदान गरिएको छ। आइतबार राजधानीको शिल्पी थियटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले दुवैलाई सम्मान प्रदान गरे।
Subscribe to this RSS feed