Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

अर्थ

मनाङमा चार्टर रोक्ने चेतावनी

(0 votes)
मनाङमा चार्टर रोक्ने चेतावनी
हुम्दे (मनाङ),-मनाङको हुम्दे विमानस्थलमा कुनै पनि एयरलाइन्सले नियमित उडान नभरेपछि ‘चार्टर' गरेरमात्र आउने विमानलाई मनाङ मै रोकिदिने स्थानीयले चेतावनी दिएका छन्।
हिमालपारीको जिल्ला मनाङमा स्थानीयलाई सहज हुने गरी उडान नभएको र ‘डलरका लागि मात्र' विदेशी पर्यटक बोकेको भन्दै स्थानीयले अब आउने विमान रोक्ने चेतावनी दिएका हुन्।

मनाङको हुम्दे विमानस्थलमा ३ महिनामा २ वटामात्र उडान भएको र विदेशीले चार्टर गर्दा विमान आएको भन्दै नियमित उडान नगरे अवरोध गर्ने स्थानीयले चेतावनी दिएका हुन्। डेढ वर्षअघि ९ करोड रुपैयाँ लागतमा विमानस्थलको ९ सय मिटर लामो धावनमार्गलाई स्तरोन्नति गरिएको थियो। नेपाल नागरिक उड्यान प्राधिकरणले साघुँरो अवस्थामा रहेको विमानस्थलको धावनमार्ग मर्मत र कालोपत्रे भएपछि हरेक महिना उडान भर्न सकिने जनाएको थियो। 

पर्यटन व्यवसायी एवं स्थानीय विनोद गुरुङले सरकारले र निजी विमान कम्पनी दुवैले मनाङमा उडान नभरेका कारण सबै गाउँले मिलेर अबदेखि अवरोध गर्ने निर्णय भएको बताए। ‘गाउँका बूढाबूढीलाई उपचार गर्न काठमाडौं लैजाने विकल्प छैन। चार्टर उडान जतिखेर पनि हुन्छ। यसले मनाङवासीको मन दुखेको छ,' उनले भने। नियमित उडान नभए ‘डलरका लागि चार्टर गरेर आउने' जुनसुकै विमानलाई अवरोध गर्ने उनले चेतावनी दिए। 

स्तरोन्नति र मर्मत सम्पन्न भएको डेढ वर्ष बित्दा पनि कुनै विमान कम्पनीले मनाङमा नियमित उडान भरेका छैनन्। गुरुङले प्राधिकरणमा धेरैपटक अनुरोध गर्दा पनि मनाङमा उडान हुन नसकेको बताए। चार्टरका लागि एकतर्फी उडान भइरहेको छ। ‘तर मनाङबाट ३ महिनामा २ वटा मात्रै उडान भएको छ, स्थानीयले पैसा तिर्छु भन्दा पनि विमान चढ्न पाएका छैनन्,' उनले भने। 

प्राधिकरणले डेढ वर्षअघि धावनमार्ग कालोपत्रेसँगै विस्तार पनि गरेको थियो। ६ सय मिटरको धावनमार्ग विस्तार गरी ९ सय मिटर पुर्‍याएर विमान अवतरणका लागि सजिलो बनाउँदा पनि विमान नआएको भन्दै स्थानीय रुष्ट भएका हुन्। मनाङको एकमात्र विमानस्थलमा हवाईजहाज नचल्दा स्थानीयदेखि पर्यटकसमेत प्रभावित भएका छन्। हुम्देमा स्तरोन्नतिपछि गत असोज १ मा परीक्षण उडान भएको थियो। 

विमानस्थलमा विमान नआएपछि कर्मचारी पनि बस्दैनन्। विमान नआएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत हिराजन काफ्ले भोजपुर सरुवा भए पनि अहिले सिमीकोटमा कार्यरत छन्। काफ्लेले मनाङमा विमान नआउने भएकाले बाहिर जानु परेको बताए। ‘लामो समयदेखि मनाङमा विमान पुगेको छैन, त्यसैले त्यहाँ बसेर काम नहुने भन्दै बाहिर जानुपरेको हो,' उनले भने। मनाङमा नेपाल एयरलाइन्सले नियमित उडान गर्दै आएकोमा पछिल्लोपटक दुर्घघटना भएको र इन्जिन बिग्रिएका कारण उडान गर्न नसक्ने जनाएपछि त्यहाँ नियमित उडान हुन नसकेको हो। 

समुद्री सतहबाट ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्दे विमानस्थलमा यसअघि हप्ताको दुईपटक उडान हुन्थ्यो। नेपाल वायु सेवा निगमले २०३९ साल असोजबाट पोखरा–मनाङ–पोखरा उडान सुरु गरेको हुम्दे विमानस्थलले जनाएको छ। चार्टर उडान भने तारा एयरले गर्दै आएको छ। 

विमानस्थलमा चार वर्Èअघि कालोपत्रेको काम सुरु गरिएको थियो। मर्मत र स्तरोन्नतिपछि गत असोजमा परीक्षण उडानसमेत भएको विमानस्थलमा अनुकूल मौसममा नियमित उडान र अवतरण गर्ने सकिने प्राधिकरणले जनाएको थियो। विगतमा माटो र कमसल चट्टान रहेको धावनमार्ग कालेपत्रे भएपछि नियमित उडान हुने स्थानीयले अपेक्षा गरे पनि जहाज नआउँदा स्थानीय आक्रोशित छन्। विगतमा टि्वनअटर विमानले मात्रै उडान भर्दै आएको मनाङमा स्तरोन्नतिपछि डोर्निएरले पनि उडान गर्न सक्ने प्राधिकरणले जनाएको थियो। 

‘स्तरोन्नति र कालोपत्रे नहुँदा सिजनेवल रहेको एयरपोर्टमा मर्मतपछि विमान नै नआउँदा हामी दुःखी भएका छौं,' स्थानीय टाइगर गुरुङले भने। स्थानीयदेखि पर्यटकसम्मलाई सुविधा होला भनेर मर्मतसम्भारको माग गर्‍यौं, मर्मत पनि भयो तर विमान आएन,' उनले थपे। विमानहरु मनाङ नआउँदा माथिल्लो मनाङको ७ र तल्लो मनाङको ६ गाविसका स्थानीयले समस्या खेप्नुपरेको उनले सुनाए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।