22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्थ

गजुरमुखीमा भारतीय पर्यटक

(0 votes)
गजुरमुखीमा भारतीय पर्यटक
गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।
निःसन्तान दम्पतीलाई सन्तान र बोली नफुटेका बालबालिकालाई बोली दिने धामका रुपमा विश्वास गर्दै यसअघि गजुरमुखीमा स्वदेशी भक्तजन बाक्लै आउँथे। 
सडक, बिजुली, होटल जस्ता पूर्वाधार तयार भएपछि गजुरमुखीमा भारतीय आउन थालेका हुन्। हिन्दु धर्मावलम्बीको आस्थाकेन्द्र असमको कामाक्षा देवीकी बहिनी मान्दै गजुरमुखीमा असम, मणिपुर, कोलकाता, सिलिगुडी, नक्सल र दक्षिण भारतका पर्यटक आउँन थालेका हुन्। 
इलामका चर्चित चारखोलामध्ये एक देउमाई किनारमा अवस्थित गजुरमुखीमा हरेक आइतबार भारतीय पर्यटक आउने धामका पुजारी चण्डीप्रसाद कँडेलले बताए। भारतीयहरु परिवार, नातागोता र साथीसंगीको समूह बनाएर गजुरमुखी दर्शन गर्न आइपुग्छन्। रातै बस्ने गरी रिजर्भ गाडी लिएर आउने पनि छन्।
‘गजुरमुखीको प्रचार फैलिँदै जाँदा भारतीय भक्तजन आउन थालेका हुन्,' पञ्जावमा ३४ वर्ष नोकरी गरी अवकाशपछि धाममा पुजारी बसेका कँडेलले भने, ‘मेरै प्रयासले पनि भारतीय भक्तजनका थुप्रै टोली यहाँ आएका छन्।' लुधियानामा ३४ वर्षे नोकरी पूरा गरेपछि कास्मिर, ताप्लेजुङ हुँदै चार वर्षदेखि कँडेल यहाँ छन्। 
हिन्दु धर्मावलम्बी भारतीयमाझ असार ८ को दिनले विशेष महत्व राख्छ। ‘भूमि रजस्वला' हुने विश्वासमा त्यस दिन कामाक्षा मन्दिर दर्शन गर्न जाने धेरै हुन्छन्। त्यस दिन मन्दिर परिसरमा कपडा बिछ्याइन्छ। त्यसमा रगतजस्तै पदार्थ देखिए भक्तजन खुसी हुन्छन्। नदेखिए ‘भूमिलाई कष्ट परेको' भन्दै दुःखी बन्छन्। 
‘दुई वर्षअघि भूमि रजस्वला हुने दिन कामाक्षामा बिछ्याएको कपडामा रातोपन नदेखिँदा भक्तजन यता आएका हुन्,' पुजारी कँडेलले भने, ‘कहिल्यै नदेखेको ठाउँ सोध्दै आउने भारतीय बढेका छन्।' गजुरमुखी धाम व्यवस्थापन समितिका अनुसार, वर्षमा तीनदेखि चार सय भारतीय पर्यटक आस्थापूर्वक यहाँ आइपुग्छन्। 
कामाक्षा मन्दिरका एक पुजारी दुई दिन बस्दै गजुरमुखी आएपछि असमबाट धार्मिक पर्यटक आउन थालेका हुन्। दार्जिलिङको महाँकाल मन्दिरका पुजारीसमेत गजुरमुखीबारे जानकार भएकाले त्यसक्षेत्रबाट पनि पर्यटक आउँदैछन्। हूलका हूल गजुरमुखी आइपुग्ने स्वदेशी पर्यटकमा चाहिँ पूर्वी पहाड र तराईका धेरै हुन्छन्। 
देउमाई र फाकफोक खोलाको संगमस्थलनजिकै अवस्थित गजुरमुखीमा हरेक मंगल र शनिबार नेपाली भक्तजनको घुइँचो लाग्छ। त्यो हूलमा कहिलेकाहिँ भारतीय पनि देखिन्छन्। स्वदेशकै पूर्वी जिल्लाका बजारमा व्यापार गर्ने भारतीयहरु पहिल्यैदेखि गजुरमुखी आउँथे। अचेल उनीहरुका भारतीय आफन्त पनि आउन थालेका छन्। 
‘भारतीय पर्यटक आएका दिन बजारका होटल, लज र पूजा सामग्री पसलमा निकै कारोबार हुन्छ,' स्थानीय व्यवसायी बिना कार्कीले भनिन्, ‘कोही कोही अघिल्लै दिन आएर भोलिपल्ट बिहान यतै नुहाईधुवाई गरी पूजा गर्ने हुन्छन्।' बस्दै आउने भारतीय पर्यटकले चिया, नास्ता, खाना र किनमेलमा निकै रकम खर्चिन्छन्। 
गाडी चढ्दा बिर्तामोडदेखि साढे पाँच घन्टामै गजुरमुखी आइपुगिन्छ। इलामबाट अढाई घन्टा लाग्छ। दमकबाट लारुम्बा–चतुरे हुँदै पनि यहाँ आउने सडक छ। मेची राजमार्गको नेपालटारदेखि मंगलबारे–धुसेनीसम्मै सडक कालोपत्रे गर्ने क्रम सुरु भएकाले गाडी यात्रा आरामदायी हुन्छ। मोटरसाइकल लिएर आउने उत्तिकै छन्। 
खेतै खेतको माथिल्लो भागमा पत्रे चट्टानयुक्त भीरमा छ– गजुरमुखी धाम। नजिकै बजार विस्तार भइसकेको छ। त्यहाँ खाने बस्ने सुविधायुक्त चार होटल छन्। रोजेको परिकार खान खासै महँगो शुल्क तिर्नु पर्दैन। बिजुली र सडक सुविधाले पर्यटकलाई सजिलो छ। यहाँबाट इलाम र झापासम्म दैनिक गाडी चल्छन्।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।