Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

अर्थ

हवाईमार्गमा टिकट पाइन्न, सडकमा अवरोध

  • आइतबार ३० चैत्र, २०७०
  • सन्तोष पोखरेल
  • DISQUS_COMMENTS
(0 votes)
पोखरा-हिमालपारिको जिल्ला मुस्ताङ जाने स्वदेशी तथा विदेशीले यातायातमा दोहोरो समस्या खेप्नु परेको छ। पोखरा–जोमसोम रुटमा पर्याप्त हवाई उडान नहुनु र स्थलमार्गबाट जाँदा सिन्डिकेटको अवरोध हुँदा पर्यटकले झन्झट बेहार्नुपरेको हो।
यातायात अवरोधले कतिपय पर्यटक मुस्ताङ जाने चाहना हुँदाहुँदै पोखराबाटै फर्कन थालेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीय पर्यटक यतिबेला सबैभन्दा बढी मारमा परेका छन्। पछिल्लोपटक देखिएको सिन्डिकेटजन्य समस्याले पोखरा–जोमसोम यात्रा असहज बन्दै जान थालेको पर्यटन व्यवसायीको भनाइ छ। 
‘हवाई उडान पर्याप्त नभएको बेला स्थलमार्गमा सिन्डिकेट लादेर झनै समस्या थोपरिएको छ। जोमसोम जाने चाहना हुँदाहुँदै पनि कतिपय पर्यटक पोखराबाटै फर्किन थालिसके,' पोखराको ब्लु हेभन होटलका म्यानेजर राजु धिमाल भन्छन्, ‘यातायात सेवा सहज नहुँदा पर्यटक दिक्क मान्न थालेका छन्।' 
‘केही दिनअघि मेरै होटलमा बसेका दुईजना भारतीय मुक्तिनाथ नगई फर्किए। मुक्तिनाथ जान आएका उनीहरुले हवाई टिकट पाएनन्। सिन्डिकेटको अवरोध थाहा पाएपछि गाडीमा जान मानेनन्,' धिमालले नागरिकसँग भने, ‘हवाई टिकट नपाए पनि स्थलमार्गबाट सहज हुन्थ्यो भने हामीले जाऊ भन्न सक्थ्यौं। तर, दुवैमा समस्या भयो।' 
स्थानीय यातायात व्यवसायीले भारतीयलाई बेनी–जोमसोम खण्डमा हरियो नम्बर प्लेटको गाडीमा यात्रा गर्न रोक लगाएका छन्। आफ्ना गाडीले यात्रु नपाएको भन्दै पोखराबाट रिजर्भ गाडीमा मुक्तिनाथ गइरहेका पर्यटक ओरालेर आफ्नामा चढाउनेसम्मको काम स्थानीयले व्यवयायीले गरेका थिए। भारतीयसँग अनुहार मिलेको भन्दै अन्य मुलुकका पर्यटकको पासपोर्टलगायत कागजात पनि उनीहरुले ‘चेक' गरिरहेका छन्। 
‘यो बेला ठूलो संख्यामा भारतीय पोखरा आउँथे। तर, सडक अवरोधले घट्ने सम्भावना बढेको छ। आएर फर्किएकाले पनि आफूहरुले पाएको दुःखबारे जानकारी गराउँदै अरुलाई नेपाल नजान सुझाउने चेतावनी पनि दिएका छन्,' उनले भने। स्थानीय यातायात व्यवसायीको व्यवहारले अन्तर्राष्ट्रियस्तरमै नराम्रो सन्देश जाने सम्भावना बढेको धिमालले बताए। 
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठ मुस्ताङ यात्रा झन्झटिलो हुँदै गएको बताउँछन्। ‘उडान पनि ज्यादै कम छन्। पर्याप्त हवाई कम्पनी नहुँदा उडान भर्ने जहाजकै अभाव छ। यस्तै बेला सडकमा अवरोध खडा गरिएको छ,' अध्यक्ष श्रेष्ठले भने, ‘मुस्ताङ जाँन यतिबेला निकै नै अप्ठेरो छ। पर्याप्त हवाई उडान भएको भए सडक सिन्डिकेटले असर पार्ने थिएन।' 
उनका अनुसार बढी उमेरका भारतीय मुक्तिनाथ जाने भन्दै भारतबाटै बस रिजर्भ गरेर आउँछन्। तर यहाँबाट माथि (मुस्ताङ) जाँदा उनीहरुलाई समस्या छ। न जहाजको टिकट न त राम्रा गाडी,' उनले भने, ‘दोहोरो मारमा परेका छन्। पैसा तिरेर रिजर्भ गाडी लैजान्छु भन्दा पनि दिँदैनन्।' 
पोखरा–जोमसोम रुटमा एउटा एयरलाइन्स मात्र भएकोले पनि समस्या बढेको उनले बताए। ‘एउटा हवाईजहाजले एक दिनमा बढीमा ७५ जनालाई जोमसोम पुर्‍याउन सक्छ। तर यहाँ सयौं हुन्छन्। अरुले पाउँदैनन,' उनले भने।
पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीका अनुसार अहिले तारा एयरलाइन्सले मात्र पोखरा–जोमसोम रुटमा उडान भरिरहेको छ। मौसम सफा भए ताराको एक जहाजले दिनमा बढीमा पाँच उडान गर्छ। 
पोखरा–जोमसोम रुटमा मुख्य सिजनमा एक दिनमा २० वटासम्म उडान भए पनि अहिले जहाज अभाव भएर घट्दै गएको उनले बताए। पर्यटन व्यवसायीका अनुसार हवाई टिकटको माग पर्याप्त छ। अघिल्ला वर्ष यो बेला पोखरा–जोमसोम रुटमा कम्तीमा एक दर्जन उडान हुन्थ्यो।

अहिले जिल्लामा सेवातर्फ राइस मिल, सिलाइ कटाइ, ब्युटी पार्लरलगायत पाँच सय ७४ उद्योग मात्रै दर्ता छन्। यसको दोब्बर बिनादर्ता चलिरहेका छन्। पर्यटन उद्योगतर्फ दुई सय १८ होटल दर्ता छन्। सदरमुकाम र बजार क्षेत्रका होटल मात्रै दर्ता छन्। ग्रामीण भेगका होटललाई घरेलुले दर्ता प्रक्रियामा ल्याउन सकेको छैन। उत्पादनमूलक उद्योगको रुपमा क्रसर उद्योग, इँट्टा उद्योग, ब्लक, ग्रिल उद्योग चलेका छन्। यी उद्योगहरुले थोरै पुँजी देखाएर दर्ता गर्ने गरेका छन्। थोरै पुँजीमा उद्योग दर्ता गर्दा नवीकरण र दर्ता शुल्क कम लाग्ने गर्छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।