22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्थ

पदमार्ग आसपासका होटल धमाधम बन्द

  • आइतबार ३० चैत्र, २०७०
  • हरिकृष्ण गौतम
  • DISQUS_COMMENTS
(0 votes)
पदमार्ग आसपासका होटल धमाधम बन्द
म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा पर्दै जान थालेको हो।
तातोपानी हुदै मुस्ताङ जान प्रयोग गरिने बेनी–जोमसोम सडकअर्न्तगत पोखरेबगर–घार– शिखगाउँ हुँदै घोरेपानी पुग्ने पदमार्ग क्षेत्रका अधिकांश होटल बन्द भएको व्यवसायी राममाया पुनले बताइन्। ‘फाटफुट आउने पर्यटकसमेत अलमलमा पर्ने गरेका छन। सडकले पदैलमार्ग पुरिदिएको छ,' उनले भनिन्। गाउँमा सडक विस्तारको क्रममा पदमार्गलाई बचाउन खोज्दा आफ्नो ब्यवसायको प्रर्वधन गर्न खोजे भन्दै राजनीतिक दलका प्रतिनिधिले समेत असहयोग गरेको व्यवसायीको गुनासो छ। 
गाविसलाई प्राप्त हुने बजेट सडकमा खर्च गरिएपछि पदमार्ग अव्यवस्थित हुनुका साथै स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिह्नलगायत पूर्वाधार नहुँदा पर्यटकले रुट नै परिवर्तन गरेको याम पुनले बताए। ‘सिजनमा पनि विदेशी पर्यटक देख्न पाएका छैनौं। धेरैजसो कृषि र अन्य पेसामा जान थालेका छन्,' उनले भने। 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख, घार र नारच्याङ गाविसमा एक्यापले समेत पर्यटकलाई आकर्षित गर्न नसकेको व्यवसायीको गुनासो छ। ‘आधा दशकअघि मासिक एक लाख आम्दानी गर्ने व्यवसायीले अहिले १० हजार पनि कमाउन मुस्किल छ,' घोरेपानी होटल व्यवसायी समितिका अध्यक्ष डमबहादुर पुनले भने। 
उनले एक्यापले विदेशी पर्यटकबापत उठाएको शुल्कसमेत अन्यत्र खर्च गर्ने गरेको आरोप लगाए। ‘यहाँ संकलितमध्ये कम्तीमा ३० प्रतिशत खर्च गर्नुपर्छ। दुई–चारजनालाई मख्ख पारेर आफ्नो गोजी भरिरहेका छन्,' पुनले आरोप लगाए। घोरेपानीमा पर्यटक कास्कीको घान्दु्रक हुँदै आउँछन्। पर्यटन क्षेत्रमै असर गरेपछि पर्यटन व्यवसायीले घोरेपानी जोड्न अन्य रुटमा सडक विस्तार रोकेका छन्। वार्षिक रुपमा जिल्ला भित्रिने पर्यटकमध्ये ८० प्रतिशत घोरेपानी, पुनहिल जान्छन्। 
त्यस्तै बेनी–जोमसोम सडकका कारण तिप्लाङ, बैसरी, दाना, नारच्याङको पैरोथाप्ला लगायत क्षेत्रको व्यवसाय बन्द हुने अवस्थामा छन्। पर्यटकीय स्थल जोड्न वैकल्पिक पदमार्ग निर्माण गरिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ। यसैबीच जिल्लामा प्राप्त रोयल्टीबाट जिविस म्याग्दीले यस आर्थिक वर्षमा विभिन्न क्षेत्रमा पदमार्ग विस्तारका लागि बजेट विनियोजन गरेको छ। 
स्थानिय विकास अधिकारी विष्णुप्रसाद शर्माका अनुसार बेनी–जामुनाखर्क–गुफा–पौलस्त्य– ढोल्ठान–टोड्के–मालिका–विम, विम–मराङ–खाल्पा–खिवाङ–नाउराभिर हुँदै धौलागिरि बेसक्याम्प, गलेश्वर–रुइसे–पातलकटेरा–पछात्रधुरी हुँदै धौलागिरि आइफल, ज्यामरुककोट–गौश्वरा–डोले हुदै भाँक्रीपानी, ध्यासीखर्क–पातलबास हुँदै रिखार पदर्माग निर्माण सुरू गरिएको बताए। ‘पदमार्ग नहुँदा विदेशी पर्यटक आउन छाडे, यसले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ,' शर्माले भने। उनले पुराना एवम् चर्चित पदमार्ग मर्मतसँगै क्रमागत योजनामा राख्ने तयारीसमेत भइरहेको बताए। धौलागिरि हिमाल आरोहण गरेबापत दुई वर्षमा ८० लाख रोयल्टीबापत आए पनि पदमार्ग र प्रथम अन्नपूर्णको रकम नआउँदा अपेक्षा गरेअनुसारको पूर्वाधारमा खर्च गर्न नसकिएको शर्माले बताए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।