Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

उपत्यकाका निजी विद्यालयको अनुगमन

  • मङ्गलबार १० बैशाख, २०७०
  • नागरिक
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - जिल्ला शिक्षा कार्यालयले मंगलबारदेखि उपत्यकाका निजी विद्यालयको अनुगमन सुरु गरेको छ। निजी विद्यालयले सर्वोच्च अदालतको आज्ञालाई अवज्ञा गर्दै शिक्षण शुल्क  ३० प्रतिशतसम्म वृद्धि गरिएको जानकारीका आधारमा जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालको अनुगमन टोलीले मंगलबार काठमाडौंको दुई निजी स्कुलमा अनुगमन गरेको हो। नि अनुगमन गर्दै जानेसमेत उनले जनाए।

अभिभावक संघका नेपालका काठमाडौं जिल्ला अध्यक्ष बेचन काफर र जिल्ला शिक्षा अधिकारी सम्मिलित अनुगमन टोलीले काठमाडौंको डेफोडिल र मेरिडियन स्कुलमा अनुगमन गरेको छ।
'मेरिडियन स्कुलले युकेजीको विद्यार्थीसँग कम्प्युटर शीर्षकमा १ हजार र विविध गरी अतिरिक्त शुल्क मात्र ६ हजार राखेको छ,' कापरले भने, 'वार्षिक शुल्क मात्र १५ हजार ५ सय छ।' उनले थपे, 'डेफोडिलको नर्सरीदेखि युकेजीका लागि वार्षिक शुल्क भनी ३१ हजार २ सय ६०, कक्षा १–४ सम्म ३३ हजार ३ सय ६०, कक्षा ५–८ सम्म ३४ हजार ७ सय ७० र कक्षा ९ मा ४१ हजार ५ सय ८० वार्षिक शुल्क लिएको पाइयो।'
अनुगमन टोलीले ती स्कुलसँग आफूखुसी शुल्कवृद्धि गरेकोबारे कागज गराई केही कागजात जफतसमेत गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। अनुगमन टोलीले बढी शुल्क लिएका स्कुललाई सात दिनभित्र औचित्य प्रष्ट पार्न लिखित जवाफ मागेको छ।
नियमविपरीत अस्वाभाविक शुल्क असुल गरिरहेको निजी विद्यालयहरुलाई जिल्लाले अनुगमन गरी कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने शिक्षा अधिकारी बैकुण्ठ अर्यालले जनाए। मंगलबारदेखि काठमाडौं जिल्लाले निजी विद्यालयको शुल्क, वार्षिक शुल्क लगायतमा अनुगमन सुरु गरेको र क्रमशः अन्यमा प