Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

अखिल क्रान्तिकारीद्वारा झापामा पठनपाठन ठप्प

  • बिहीबार १२ बैशाख, २०७०
  • राजु अधिकारी
  • DISQUS_COMMENTS
(1 Vote)
झापा – शैक्षिक संस्था तोडफोडको आरोप लागेका आफ्ना कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा लगाइएको भन्दै एमाओवादी भ्रातृ संस्था अखिल क्रान्तिकारीले बिहीबार झापाभरीका शैक्षिक संस्था बन्द गरेको छ।
चैत ९ मा भद्रपुरस्थित एमरेल्ड एकाडेमीमा संगठन विस्तारका लागि पुगेको क्रान्तिकारी को टोलीलाई विद्यालयले कमिटी नबानाउन भनेको थियो। त्यसपछि क्रान्तिकारी टोलीले विद्यालयमा तोडफोड गरेको थियो। सोही घटनामा संलग्न भन्दै स्कुलले केन्द्रीय सदस्य राजेन्द्र बराल र दधि रिमाललाई सार्वजनिक अपराधको मुद्दा दायर गरेको थियो। रिमाललाई बुधबार राति प्रहरीले केहीबेर नियन्त्रणमा पनि लिएको थियो। क्रान्तिकारीले सोही मुद्दा फिर्ता लिन माग गर्दै जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको हो।

क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण जिल्लाका अधिकांश सामुदायिक तथा नीजि विद्यालय बन्द भएका छन्। बिहानसम्म कुनै जानकारी नभएका विद्यालयहरु खुले पनि क्रान्तिकारी कार्यकर्ताले बन्द गर्न बाध्य पारेका थिए। जिल्लामा ३ सय ६० सामुदायिक र तीन सयभन्दा बढी निजी स्कुलहरु छन्। ती मध्ये सदरमुकाम चन्द्रगढीका केही बाहेक अधिकांश बन्द भएका छन्। स्कुल नखुलेपछि विद्यार्थी घर फर्केका छन्। भर्ना अभियान चलाइरहेका सामुदायिक विद्यालयहरुको गतिविधि हड्तालले प्रभावित भएको छ।

क्रान्तिकारीका केन्द्रीय सदस्य अग्नी दाहालले मुद्दा फिर्ता नलिए एक दिने हड्ताल अनिश्चितकालीन हुन सक्ने चेतावनी दिएका छन्।