Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

कला

सन्नीलाई काठमाडौंको मःमः मनपर्‍यो

(0 votes)
सन्नीलाई काठमाडौंको मःमः मनपर्‍यो
काठमाडौं– हलमा चलिरहेको फिल्म ‘रागिनी एमएमएस २'की बलिउड अभिनेत्री सन्नी लियोनी दुई दिने नेपाल भ्रमण सकेर सोमबार भारत फर्किएकी छिन्।
व्यापारिक घरानाको निम्तोमा आइतबार नेपाल आएकी सन्नीले नेपाल बसाइका क्रममा केही कार्यक्रम र स्वयम्भुको भ्रमण गरेकी थिइन्। 
पति डेनियल वेबरका साथमा नेपाल आएकी उनले नेपालको तारिफ गर्दै ट्वीट गरेकी थिइन्। ‘नेपाल एकदम सुन्दर देश रहेछ। यसपटक फरक संस्कृति र शहरबारे जानकारी लिने अवसर मिल्यो,' उनले ट्वीट गरेकी छिन्। 
स्वयम्भुमा उनले ‘रागिनी एमएमएस २'को सफलताका लागि समेत प्रार्थना गरेकी थिइन्। ‘आज एक सुन्दर नेपाली केटीले बाटोमा मलाई हेर्दै ‘बेबी डल' गीत गाइन्,' उनले ट्वीट गरेकी छिन्। 
व्यापारिक कार्यक्रमका सिलसिलामा नेपाल आएकी उनी बसेको कोठा मंगलबारसम्म बुक भए पनि सोमबार मुम्बई फर्किएकी थिइन्। 
उनले नेपालमा मःमः खाएको प्रसङग ट्वीटरमा उल्लेख गर्दै दिनभरि मःमः को याद आएको बताइन्। आइतबार साँझ सोल्टी होटलमा ‘जीवनका अनुभव' नामक अन्तर्क्रियात्मक कार्यक्रममा उनले जीवनको अनुभव सुनाइएकी थिइन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।