Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

कला

आफ्नै फ्यान बन्दै शाहरुख

  • बिहीबार १३ चैत्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
आफ्नै फ्यान बन्दै शाहरुख
मुम्बई– बलिउड अभिनेता शाहरुख खानले यसराज फिल्मस्को ब्यानरमा बन्ने 'फ्यान' फिल्ममा फ्यानको भूमिकामा अभिनय गर्ने भएका छन्।
तर शाहरुखले फिल्मभित्र अरु कसैको नभएर आफ्नै फ्यानको रुपमा अभिनय गर्नेछन्। अर्थात् सुपरस्टार शाहरुखको फ्यानको भूमिका शाहरुख स्वयम्ले निर्वाह गर्नेछन्।
शाहरुखले नयाँ भूमिकामा काम गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्। 'फिल्ममा देखिने आजसम्मका चरित्र मैले सिर्जना गरेको हुँ। तर पहिलोपल्ट म आफूलाई सिर्जना गर्ने भूमिकामा देखिँदैछु,' शाहरुखले ट्वीट गर्दै भनेका छन्, 'फ्यान पारिवारिक फिल्म हो। यसमा तपाईंले आफूलाई प्रतिनिधित्व भएको देख्नसक्नुहुनेछ। किनकि मलाई थाहा छ, हामी आजभोलि कसै न कसैको फ्यान नभई रहन सक्दैनौं।'
फिल्ममा शाहरुखलाई फरक अवतारमा प्रस्तुत गर्न हुलिया परिवर्तन गर्न लागिएको छ। र स्रोतका अनुसार अस्कर विजेता मेकअप आर्टिस्ट ग्रेग क्यानोम शाहरुखलाई सिंगार्न व्यस्त छन्। ग्रेग क्यानोम तिनै हुन्, जसले मेकअपका लागि तीनपटक अस्कर जितिसकेका छन्।
मनीष शर्माले निर्देशन गर्न लागेको फिल्मलाई हबिब फैसलले लेखेका हुन्। फिल्मको सुटिङ आगामी मे १४ मा सुरु हुँदैछ। फिल्ममा शाहरुखबाहेक अन्य कलाकारको नाम भने सार्वजनिक गरिएको छैन। फिल्म सन् २०१५ को अगस्टमा रिलिज गर्ने यशराजले जनाएको छ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।