Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

कला

लोक सभामा उम्मेदवारी दिँदै राखीले भनिन्- म 'अशिक्षित'

  • शुक्रबार २१ चैत्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
लोक सभामा उम्मेदवारी दिँदै राखीले भनिन्- म 'अशिक्षित'
मुम्बई- भारतीय अभिनेत्री राखी सावन्तले हालैमात्र 'राष्ट्रिय आम पार्टी' घोषणा गरेकी छन्। भारतमा हुने लोक सभा चुनावका लागि उनले मुम्बईको उत्तर-पश्चिम क्षेत्रबाट उम्मेदवारी दर्तासमेत गराएकी छन्। उक्त पार्टीका राखी एक्ली उम्मेदवारसमेत हुन्।

उम्मेदवारी दिने क्रममा उनले आफ्नो १५ करोड भारतीय रुपैयाँको सम्पत्ति सार्वजनिक गरेकी छन्। १५ करोडको सम्पत्तिमध्ये मुम्बईमा दुई घर, दूत बनेबापत आउने दुई कम्पनीको आम्दानी र साढे तीन करोड बराबरको चल सम्पत्ति रहेको खुलाएकी छन्।
राखीले आफ्नो उम्मेदवारीमा 'अशिक्षित' रहेको उल्लेख गरेकी छन्। उनले उम्मेदवरी दर्तामा आफ्नो खर्चबारे समेत खुलाएकी छन्। चुनाव प्रचारमा प्रयोग हुने सम्भावित समानबारे उनले उल्लेख गरेकी हुन्। 
उम्मेदवारी दर्तासँगै उनी अहिले चुनावको प्रचारमा ब्यस्त भएकी छन्। उनले अनौठा अनौठा पहिरणमा चुनाव प्रचार गर्ने गर्छिन्। जुन उनले यसअघि कहिल्यै नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।