15 Chaitra, 2076 | March 28, 2020
Menu

कला

रिलिज नहुँदै दुई सय करोड

  • मङ्गलबार २५ चैत्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
रिलिज नहुँदै दुई सय करोड
मुम्बई– चलेका कलाकारले अभिनय गरेका हिन्दी फिल्मले रिलिज भइसकेपछि सय करोड कमाउनु त सामान्य नै भइसक्यो तर रिलिज नहुँदै फिल्मले २ सय करोड कमाएको कुराले भने धेरैलाई आश्चर्यमा पार्न सक्छ। पोस्ट प्रोडक्सनकै छेकोमा रहेको फिल्म 'हयाप्पी न्यु इअर'ले रिलिज नहुँदै २ सय करोड कमाएको छ।
भारतीय मिडियाका अनुसार फिल्मले हलको प्रदर्शन, स्याटलाइट अधिकार तथा संगीतको बिक्रीबाट फिल्मले २ सय करोड अग्रिम कमाइ गर्ने भएको हो। स्रोतका अनुसार फिल्म वितरण गर्ने यशराज कम्पनीले फिल्म वितरणवापत् सय करोड २५ लाख अग्रिम दिने घोषणा गरेको हो भने स्याटलाइट अधिकार जी सिनेमाले ६५ करोडमा किनेको हो। त्यसैगरी टि सिरिजले फिल्मको संगीत अधिकार १२ करोडमा किनेको स्रोतको दाबी छ। 
फराह खानले निर्देशन गरेको फिल्ममा शाहरुख खान, अभिषेक बच्चन, दीपिका पादुकोन, सोनु सुद, बोमन इरानी, भिभान शाह आदिको अभिनय रहेको छ। 'मै हुँ ना'बाट निर्देशक बनेकी पूर्व कोरियाग्राफर फराहले यसअघि 'ओम शान्ति ओम' र 'तीस मार खान' निर्देशन गरेकी थिइन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।