Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

दीपेन्द्र लामा

दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

गामबेसीका गीतकार

  • संगीत
काठमाडौं- आइतबार राति काठमाडौंको याक एन्ड यती होटलमा जब गायक रामकृष्ण ढकाल आफ्नो तेस्रो एकल साँझमा हार्मोनियम बजाउँदै गीत गाइरहेका थिए, त्यही बेला गीतकार क्षेत्रप्रताप अधिकारी अस्पतालमा मृत्युसँग संघर्ष गर्दै थिए। ढकालले सुगम संगीतका श्रोताहरुसँगै नयाँ वर्षलाई स्वागत गरे तर त्यो अवसर अधिकारीले पाएनन्।

नेपाली रंगमञ्चमा 'रशोमन' आउँदै

  • नाटक
काठमाडौं - कालजयी सिनेमा 'रशोमन' नहेर्ने र यसबारे नसुन्ने फिल्मप्रेमी सायदै होलान्। सन् १९५० मा रिलिज भएको यो जापानी सिनेमाबाट संसारकै धेरै फिल्मकर्मी र कलाकर्मी प्रभावित छन्। नेपालका रंगकर्मी सुनील पोखरेल पनि किन अछुतो रहन्थे।

टर्रो र गुलियो फिटकिरी!

संक्रमणबाट गुज्रिरहेको छ काठमाडौं शहर। यहाँका वायु, ध्वनि, पानी र दूध संक्रमित हुनु ठूलो मुद्दा रहेन। यहाँ त मानवता नै संक्रमणमा गइसकेको छ।

आशा जगाउने 'झोले'

हलहरुमा 'झोला' फिल्मले दर्शक रिझाइरहेकै बेला अर्को फिल्म 'झोले' रिलिज भएको छ। नाम सुन्दा यादव भट्टराईको 'झोला' र दीपेन्द्र के खनालको 'झोले' उस्तैउस्तै लाग्छ। तर कथा, पात्रहरु र फिल्ममेकिङको क्राफ्टका आधारमा यी दुई फिल्मबीच आकाश–पातालको अन्तर छ।

ध्रुवसत्य ६ एकान ६ !

गणितको मामुली सूत्र '६ एकान ६' दुधेबालकले घोक्नुपर्ने हो। तर, मिडियाहरुमा देख्न सकिन्छ, यसलाई केही हप्तादेखि जुँगेमुठे अंकलहरुले पो घोक्दैछन्। नसुहाउँदो यो क्रियाकलाप वास्तवमा एउटा व्यंग्य हो। मामुली कुरा नबुझ्ने, अप्ठ्यारो कुरा चाहिँ बुझेको नाटक गर्ने प्रवृत्तिलाई यसले खिल्ली उडाउँछ।

सधैं मिठा हुँदैन बितेका पल

बितेका पललाई फर्केर हेर्नु भनेको आफूलाई मूल्यांकन गर्नु हो। गल्तीहरुलाई नदोहोर्‍याउने र राम्रा कामलाई निरन्तरता दिने प्रेरणा बितेका पलले दिन्छ।

धुम ३ : फिल्म कम सर्कस बढी

  • बलिउड
लोककथाहरुमा राजकुमारको 'इन्ट्री' वायुपंखी घोडामा हुन्थ्यो। आमिर खान बलिउडका एक 'राजकुमार' हुन्। फिल्म 'धूम ३'मा उनी 'वायुपंखी घोडा'जस्तै दमदार मोटरबाइकमा प्रकट हुन्छन्। दुई सय किलोमिटर प्रति घन्टाको स्पिडमा हुइँकिने बाइकमात्र होइन आमिरले पूरै फिल्म हाँकेका छन्।

फिल्म समीक्षा : धूम ३

रेटिङः review
निर्देशक/पटकथाः विजयकृष्ण आचार्य
निर्माताः आदित्य चोपडा
कलाकारः आमिर खान, अभिषेक बच्चन, क्याट्रिना कैफ, उदय चोपडा, ज्याकी श्राफ आदि

अस्ताए सुरसाधक फत्तेमान

सुनौला सयपत्री फलमालाले ढाकिएका फत्तेमानलाई देख्दा लाग्थ्यो, उनी मिठो र गहिरो निन्द्रामा छन् । त्यति नै मिठो र गहिरो, जति उनको स्वर छ । उनलाई बिदाइ दिन झुम्मिएका कलाकार, नेता र सर्वसाधारणका अनुहार शोकाकुल थिए । तर, उनको अनुहार शान्त थियो । मानौं, उनलाई मृत्युदेखि कुनै डर छैन । पृष्ठभूमिमा बजिरहेको उनकै गीतले यो पुष्टि गथ्र्यो पनि, 'मर्न बरु गाह्रो हुन्न...।'

'ईश्वरको हाँसो पाएका फूल'

  • अन्य
काठमाडौं— घरको मुख्य दैलोबाहिरै एउटा आवाज सुनियो । कोठाभित्र तैरिरहेको उक्त आवाज चिन्न मुश्किल परेन । आवाज थियो कवि माधव घिमिरेको । दैलो खोलेर भित्र पसेपछि थाहा भयो, उनी एक पत्रकारका प्रश्नहरुसँग भिडिरहेका थिए।

इन्जिन खटारा, डेन्टपेन्ट नयाँ

छोटी लाइन र बडी लाइनमा चल्ने ट्रेन अलगअलग हुन्छन्। तर, यो 'चेन्नई एक्सप्रेस' छोटी र बडी दुवै लाइन ओगट्दै आइपुगेको छ। 'राजधानी एक्सप्रेस'को सवारी हुँदा अरु लोकल ट्रेनहरु साइड लाग्छन्। 'चेन्नई एक्सप्रेस'ले यस्तै राजकीय सत्कार पायो।

Subscribe to this RSS feed