Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

खैरेनीटारमा गायकगायिकाको भीड

(0 votes)
खैरेनीटारमा गायकगायिकाको भीड
तनहुँ– खैरेनीटार बजार अहिले लोकगीतमय भएको छ। छैटौं खैरेनीटार महोत्सवमा आएका गायकगायिकाले बजारलाई गीतमय बनाएका हुन्। शनिबार गायक कृष्ण देवकोटा, रामजी खाण, कृष्णा गुरुङ, चोलेन्द्र पौडेल, ज्योती लोहनी, प्रदीप त्रिपाठी लगायतले गीत गाए।
रामजी खाणले ‘फूल फुलेर पहेल्यै भयो', ‘पार्‍यो मलाई रुन मायाले', ‘पछ्यौरी लेऊ' लगायतका गीत गाए। रामजीका गीतमा दर्शकसँगै उपस्थित सबै कलाकार नाचे। 
चोलेन्द्रका लोकगीतले पनि महोत्सवको माहोल बढायो। ‘चढ्यो चढ्यो जवानी' र ‘हुन्छ भने हुन्छ भन' बोलका उनका गीतले युवा पिँढीलाई नचायो। उनले एक दर्जनजति गीत गाएर दर्शकलाई मनोरञ्जन दिए। गायिका ज्योती लोहनीले ‘मनै हुँदो रैछ', ‘जति काम गरे पनि', ‘अंगुर पाकेको' जस्ता गीत सुनाएर दर्शक नचाइन्।
कृष्णा गुरुडले ‘तिमी र म भए प्यार हुन्छ’ गीत गाउँदा युवाको तालीसँगै समर्थन पाइन्। उनले ‘एकादशी बजारमै', ‘ऐंसेलुको दाना', ‘नाच नाच भन्छौ नि कान्छा', ‘बस्न पाइनँ तिम्रो बनेर' लगायत आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन्। 
प्रदीप त्रिपाठीले आधा दर्जन गीत गाए। आधा दर्जनभन्दा बढि राष्ट्रिय गायकगायिकाले खैरेनीटार महोत्सवको दोस्रो दिन शनिबार खैरेनीटार बजार तताएका हुन्। शनिबार २० हजार दर्शकले महोत्सवको अवलोकन गरेर २५ लाख बराबरको कारोबार भएको महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताए। शुक्रबार सुरु भएको महोत्सव वैशाख २ सम्म सञ्चालन हुनेछ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।