Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

ढकालसँग दुई गायिका

(0 votes)
ढकालसँग दुई गायिका
काठमाडौं–तेस्रो एकल साँझ गर्न लागेका गायक रामृकृष्ण ढकाललाई ज्ञानु राणा र संगीता रानाले साथ दिने भएका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ढकालले सो कुराको जानकारी गराएका हुन्।
‘ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल साँझ गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा तेस्रो एकल साँझमा प्रस्तुत हुन लागेका हुन्। 
याक एन्ड यती होटलमा हुने कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा भएको र सोमबारदेखि ढकालले समूहसँग नियमित अभ्यास थाल्नेछन्।
कार्यक्रममा २५ जना वाद्यवादकको समूहले ढकाललाई साथ दिनेछन्। २५ मध्ये भ्वाइलिन बजाउन भने दार्जिलिङको आठ सदस्यीय ‘कार्निभल ब्यान्ड' बोलाइएको छ। 
आयोजक ग्रीष्मा इन्टरटेनमेन्टका ग्रिहेन्द्र घिमिरेका अनुसार ढकाललाई सुन्न पाँच हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ।
दुई दर्जन गीत गाउने तयारीमा रहेका रामकृष्णलाई ज्ञानु राणाले ‘मान्छेको माया' र ‘सिरीमा सिरी' गीत गाउन साथ दिनेछिन् भने संगीता रानाले ‘छिटको गुन्यु र ‘माया गर्नेको चोखो माया'मा सघाउने छिन्। ढकाललाई आफ्नै छोरी रानी ढकालले भने ‘बाँचुञ्जेली' गीतमा साथ दिनेछिन्। 
कार्यक्रममा विश्व नेपाली, प्रकाश तिम्सिना र जितु नेपालको प्रस्तुति पनि रहनेछ।
कार्यक्रमकै दौरानमा उत्तम सञ्जेलको रचना, न्ह्यू बज्राचार्यको संगीत र रामकृष्ण ढकालको स्वर रहेको एल्बम सार्वजनिक गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक निशान्त श्रेष्ठले जनाए।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।