Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

नेपाली स्टेजमा 'डिआइडी' डान्सर

(0 votes)
काठमाडौं– भारतको जिटिभीको रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा चम्किएका चार नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री, नरेशविर सिंह र सुनिल क्षेत्री आउँदो चैत २५ का दिन काठमाडौंको सानो गौचरनमा प्रस्तुत हुने भएका छन्। 'लेट्स डान्स' नामक कार्यक्रममा नेपालका कलाकारहरुको पनि प्रस्तुति रहने छ।
कस्तुरी भिजन प्रालिले संयुक्त अपांग एकता आवाज केन्द्रको सहयोगार्थ कार्यक्रम गर्न लागेको हो। भारतकै 'बुगीवुगी लिटिल च्याम्स'मा फस्ट रनरअप बनेकी सौम्या डिआइडी लिटिल च्याम्समा तेस्रो स्थानसम्म पुगेकी थिइन्। 
अर्का डान्सर ओम क्षत्री सात वर्षको उमेरमै डिआडी लिटिल च्याम्सको फस्ट रनरअपभएका थिए। उनको नृत्यलाई बलिउडका टप सेलिब्रिटीले पनि तारिफ गरेका थिए। 
प्रदीप गुरुङ डिआडीको तेस्रो सिजनमा धेरै दर्शकले रुचाएका डान्सर हुन्। उक्त शोमा 'ट्रेन्सकी टोली' अर्न्तगत रहेका उनी डान्स प्रशिक्षक ट्रेन्स लिविसका प्रिय डान्सर थिए। उनी डिआडीमा फस्ट रनरअप भएका थिए।
सुनिल क्षेत्रीले डिआडीको चौथो सिजनमा राम्रो चर्चा कमाएका थिए। भने डिआइडीकै दोस्रो सिजनमा जमेका नरेशवीर सिंह सुर्खेतका हुन्। रेम्बोको रंगिला अर्न्तगत नृत्य प्रस्तुत गरेका उनी टप टेनसम्म पुगेका थिए। 
डान्सका पारखीहरुलाई मनोरञ्जन दिलाउन कार्यक्रम गर्न लागिएको आयोजमध्यका एक राजेन्द्र सेढाईले बताए। उनले भने, 'सामाजिक सेवाका साथै नेपालभाषी डान्सरलाई नेपाली स्टेजमा देखाउन लागेका हौं।'
कार्यक्रममा निर्वाण एन्ड म्युजिक लिंक, बिबोइङ ग्रुप एभरेस्ट क्र्यु र हिपहप ह्यान्ड टु ह्यान्ड, प्रमोद खरेल, डम्बर नेपाली, शंकर बिसी, पार्वती राई, विजय थापाका साथै केही हास्य कलाकारको पनि प्रस्तुति रहने छ। पाँच सय र एक हजार रुपैयाँका टिकट द स्टाइल काठमाडौं मल र हिमालय जाभाका शाखामा पाइने बताइएको छ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।