Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

एल्टनले समलिंगी बिहे गर्ने

  • मङ्गलबार २५ चैत्र, २०७०
  • रोयटर्स
  • DISQUS_COMMENTS
(0 votes)
एल्टनले समलिंगी बिहे गर्ने
लस एन्जल्स– बेलायती गायक एल्टन जोनले लामो समयदेखिका पुरुष साथी डेभिड फर्निससँग विवाह गर्ने भएका छन्। ब्रिटिस कानुनले समलिङ्गी विवाहलाई मान्यता दिएलगत्तै जोन र डेभिडले विवाह गर्ने निर्णय गरेका हुन्। सोमबार एनबिसी टेलिभिजनलाई अन्तरवार्ता दिँदै जोनले खबरको पुष्टि गरेका हुन्।
६७ वर्षीय जोनले एनबिसीका म्याट लाउरलाई अन्तरवार्ता दिँदै आफूहरु ब्रिटेनको पहिलो वैधानिक समलिङ्गी जोडी हुने बताए। ब्रिटेनले सन् २००५ मा जारी भएको 'सिभिल पार्टनरसिप एक्ट'लाई कार्यान्वयनमा ल्याएपछि समलिङ्गी विवाह वैधानिक हुन लागेको हो। जोनले यही वर्षको मे महिनाको पहिलो हप्तामा नै सानो समारोह गरी विवाह गर्ने बताए। 
'हामी सकेसम्म चुपचाप गर्न चाहन्छौं,' गायकले भनेका छन्, 'आशा छ हाम्रा लागि यो खुशीको क्षण हुनेछ। र हामीसँग आफ्नै बच्चा पनि हुनेछन्।'
जोन र फर्निसका सरोगेट आमाबाट जन्मिएका ३ वर्षीय जाचरी र एक वर्षीय एलिजाह छन्। गायकले ब्रिटेनले समलिङ्गीको पक्षमा यस्तो कानुन ल्याएर विश्वमा नयाँ सन्देश दिएको बताए। 
'लामो समयसम्म सँगै बस्न संघर्ष गरेका समलिङ्गीका लागि यो खुशीको खबर हो। सन् ५० र ६० को दशकमा इङ्ल्यान्डमा समलिङ्गी हुँ भनेर घोषणा गर्नु अपराध नै थियो। तर यो निर्णय हामी जस्ताका लागि ठूलो फड्को हो। हामी यसको सम्मान गर्छौं,' गायकले भनेका छन्।
जोन ब्रिटेनका चर्चित गायक हुन् र सँससँगै चर्चित सेलिब्रेटी पनि। उनले बेला ेलामा यही कुरालाई उपयोग गर्दै लेस्बियन, गे, बाइसेक्सुअल र ट्रान्स जेन्डर पक्षमा वकालत गर्दै आएका थिए। यो वर्षको सुरुमा जोनले रुसमा होमो सेक्सुअल प्रोपोगन्डामाथि भएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै ५ सय शब्दको विज्ञप्ति जारी गरेका थिए।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले गत हप्तामात्र कानुन कार्यान्वयनमा आउने बित्तिकै भएको पहिलो 'गे विवाह'मा सहभागिता जनाएका थिए। उनले विवाहमा सरिक हुँदै विवाहको अधिकारबाट कोही पनि बन्चित नहुने धारणा राखेका थिए।
तर विपक्षी कन्जरभेटिभ पार्टीले भने अन्य खाले असामान्य विवाहलाई मान्यता दिनु क्रिस्चियन धर्म विपरीतको कदम भएको भन्दै विरोध जनाएका थिए। सन् २००५ मा जारी भएको सिभिल पार्टनर एक्टले समलिङ्गीलाई सँगै बस्ने अधिकार दिए पनि त्यसलाई विवाहको मान्यता दिएको थिएन।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।