Friday 23 Shrawn, 2077 | August 07, 2020
Menu

कला

काभ्रेली कलाकारहरुको एल्बम

(0 votes)
काभ्रेली कलाकारहरुको एल्बम
काभ्रे– काभ्रेली कलाकार समाजले जिल्लाका कलाकारहरुको प्रस्तुतिलाई समेटेर ‘भ्वाइस अफ काभ्रे–१' सांगीतिक एल्बम सार्वजनिक गरेको छ।
१० जना गायक र बनेपाका दुई ब्यान्डको प्रस्तुति रहेको एल्बममा १४ वटा गीत रहेको समाजका उपाध्यक्ष एवं एल्बमका संयोजक मनीष भोछिभोयाले जानकारी दिए। बनेपाका युवाहरुको मुख्य प्रस्तुति रहेको एल्बममा भगवानसागर भैल, सुरेन्द्रकुमार श्रेष्ठ, प्रकाश श्रेष्ठ, रविन्सन श्रेष्ठ, रञ्जीव तामाङ, श्रीकृष्ण मानन्धर, प्रवीणदेव पन्थी, राजेश बोलखे, सुमन वैद्य, दिपेश बादे, सन्तोष ताम्राकार र सुरेन्द्र श्रेष्ठको गायन रहेको छ। यस्तै द भोमीं आइज र विङ्स ब्यान्डको समेत एल्बममा प्रस्तुति छ। शनिबार आयोजित कार्यक्रममा उक्त एल्बमलाई धुलिखेलका पुराना कलाकार पंकज चित्रकार, पनौतीका कलाकार विश्वराम श्रेष्ठ, साँगाका कलाकार बुद्धवीर दुवाल र बनेपा कला परिषद्का संस्थापक अध्यक्ष भूषण भोमींले संयुक्त रुपमा लोकार्पण गरे। ‘जिल्लामा रहेका कलाकारलाई एकैथलोमा ल्याउने र यस्तै खालका सामुहिक प्रस्तुतिलाई क्रमशः स्रोता/दर्शकमाझ ल्याउने योजना छ,' भोछिभोयाले भने।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।