Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

कला

'एकल साँझ'मा फर्के ढकाल

  • मङ्गलबार २ बैशाख, २०७१
  • सामीप्य तिमल्सेना
  • DISQUS_COMMENTS
(0 votes)
'एकल साँझ'मा फर्के ढकाल
काठमाडौं- भलाद्मी दर्शक, भव्य अर्केस्ट्रा र अनुभवी आवाज। आफ्नो जीवनकालमा कमै गायकले पाउने यस्तो सुविधाबीच गायक रामकृष्ण ढकालले नेपाली नयाँ वर्ष निम्त्याएका छन्। 
याक एन्ड यतिको हलमा करिब तीन घन्टा गुन्जिएका उनले करिब डेढ दर्जन गीत सुनाएर हलमा उपस्थित दर्शकसँगै आफ्ना लागि नयाँ वर्षअघिको साँझ ऐतिहासिक बनाए। २०४५ र २०५५ मा गरी दुुई पटक एकल साँझ गरेका ढकाल करिब १५ वर्षपछि 'ढकाल सुमधुर साँझ तेस्रो'मा प्रस्तुत भएका थिए।
साँझसँगै बाक्लिँदै गएका दर्शकलाई गायक विश्व नेपालीले 'वार्मअप' गराए। लामो समयदेखि संगीतमा सक्रिय रहे पनि भर्खरै परिचित हुन लागेका विश्वले 'भन के छ बन्दोबस्त' गाएर दर्शकलाई एकाग्र गराएका थिए। सँगै अर्को गीत गाएर स्टेजबाट विश्व बिदा भइसकेपछि दर्शकहरुको करिब डेढ घन्टाको प्रतीक्षाको अन्त्य गर्दै स्टेजमा देखापरे रामकृष्ण ढकाल। 
खरानी रङको दौरा सुरुवालमा ढाका टोपी लगाएर स्टेज चढेका ढकालले 'बिहान उठ्ने बित्तिकै' गाएर एकल साँझको सुरुवात गरे। माइकमा उभिएरै राष्ट्रिय झन्डा हल्लाउँदै गीत गाएका उनले त्यसपछि भने हार्मोनियममा औंला फिट्दै जीवनका चर्चित गीत सुनाए। 
'मन पराउने हजार भेटिन्छन्,' 'दैव तेरो', 'पहाडको छुकछुके रेल','मलाई यो जिन्दगीले कहाँ पुर्यारयो,' रामकृष्णले क्रमैसँग माथिका गीत सुनाए। 
रामकृष्णले आफ्नो स्वर नारायण गोपालका गीत गाएर सधाएका थिए र उनको लोकप्रियतासँग नारायण गोपालको नाम सधैं जोडिएर आउँछ। ढकालले सधैं यसलाई इज्जतको रुपमा लिएका छन्। उनले यहाँ पनि नारायण गोपालका गीत गाएर उनलाई टि्रब्युट गरे। 
'मलाई मेरो श्रोताले नारायण गोपालको उत्तराधिकारीको रुपमा हेर्नुभएको थियो। जुन मेरो लागि गौरवको कुरा हो,' नारायण गोपालका गीत गाउन तम्तयार हुँदै ढकालले भने। 
यसपछि उनले 'हिमाल सरि म अग्लिरहेछु,', 'पर्खिबसेँ', 'मलाई नसोध', 'मान्छेको माया यहाँ', 'सिरीमा सिरी नि कान्छा' गाएर नारायाण गोपालको याद ताजा गराए। नारायण गोपालसँगै युगल गीत गाएकी ज्ञानु राणाले ढकाललाई पनि 'मान्छेको माया यहाँ', र 'सिरीमा सिरी नि कान्छा' गाउन साथ दिइन्।
युगल गायनका लागि उनले आफ्नै छोरी रानी ढकाललाई पनि छानेका थिए। ९० कटेकी लता मंगेशकरसँग गाएको 'बाँचुञ्जेलीलाई' ढकालले १० नकटेकी छोरी रानीसँग गाए। ढकालले संगीता रानासँग 'तिमीले भनेका सारा देव छोएर' र 'छिट्को गुन्यु' गाउँदै एकल साँझलाई बिट मारे।
याक एन्ड यतीको पाँच सय अट्ने हलमा भरिभराउ दर्शकबीच जितु नेपालले कमेडी प्रस्तुत गरे भने प्रकाश तिम्सिनाले आफ्नो र ढकालका गरी दुई गीत सुनाए। उनले रामकृष्णको स्वरमा सजिएको 'मेरो खुकुी' सुनाएका थिए भने आफ्नै आवाजको 'मान्छे त रै छौ खली' सुनाएर दर्शकको मन जितेका थिए। 
दृष्टिविहीन प्रकाशको आँखाको उपचारार्थ रकम प्रदान गर्ने अग्रिम उद्घोष गरेको आयोजक ग्रिष्मा इन्टरटेनमेन्टले उनलाई एक लाख एक हजार नगद समेत हस्तान्तरण गरेको थियो। ढकाललाई दार्जिलिङबाट आएको 'कार्निभल व्याण्ड' सहित २४ जनाको समूहले वाद्यवादनमा साथ दिएको थियो।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।