Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

कला

प्रियंका पहिलोपटक आमा!

(0 votes)
प्रियंका पहिलोपटक आमा!
काठमाडौं– फिल्ममा आमाको भूमिका निर्वाह गर्न उमेर ढल्केकी अभिनेत्री समेत हतपत तयार हुँदैनन्। तर, नयाँ पुस्ताको दर्शकमाझ 'हट हिरोइन'को छवि बनाइरहेकी अभिनेत्री प्रियंका कार्कीले भने फिल्म 'नाइँ नभन्नू ल २'मा आमाको भूमिका निर्वाह गरेकी छन्।
काठमाडौंमा बिहीबार पत्रकार भेटघाटमा उनले पर्दामा आमा बनेको रहस्यमात्र खोलिनन्, आमा बन्न गाह्रो भएको अनुभव समेत सुनाइन्। फिल्ममा उनी बालकलाकार अनुभव रेग्मीकी आमा बनेकी छिन्।
'आमाको भूमिका गर्न गाह्रो हुँदोरहेछ,' प्रियंकाले भनिन्, 'किनभने आमा हुनुको अनुभूति अरुभन्दा विशेष हुन्छ। हाम्रो आमा–छोराको सम्बन्ध पत्यारलाग्दो हुने हो कि होइन भन्ने चिन्ता थियो। तर, निर्देशकका अनुसार हामी सफल भएका छौं।'
प्रियंकाले सुटिङका दौरान आफू र अनुभवबीच राम्रो सम्बन्ध बनेको र फुर्सद हुँदा अनुभवलाई भेट्न जाने गरेको बताइन्। चैत २८ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको 'नाइँ नभन्नु ल २'को टोली बिहीबार पहिलोपटक सञ्चारकर्मीमाझ प्रस्तुत भएका हुन्।
कार्यक्रममा अनुभवले फिल्मको संवादसँगै आफैंले अभिनय गरेको 'यो आँखामा तिमी छौ' गीत गाएर सुनाए भने सोही गीतकै कारण चर्चामा रहेका १२ वर्षीय गायक प्रेम परियारले पनि सोही गीत सुनाए। उता अनुभवकी साथी बनेर अभिनय गरेकी सुज्ञानी भट्टराईले आफू फिल्मको हिरोइन भनेर दाबी गरिन्।
नेपालमा सिक्वेल फिल्म त्यति धेरै बनेका छैनन्। बनेका केही फिल्मले सफलता चाख्न पाएको छैन। निर्देशक विकास आचार्य भने सिक्वेल नचल्ने 'ट्रेन्ड' हटाउन नै 'नाइँ नभन्नु ल'को दोस्रो शृंखला बनाएको बताउँछन्। 
कार्यक्रममा राजेशपायल राईले फिल्मको शीर्षगीत सुनाएका थिए। फिल्ममा सुरज सिंह ठकुरी, सरोज खनाल, जीवन लुईंटेल, वर्षा सिवाकोटी, सीताराम कट्टेल, सोहित मानन्धर, निर्दोष केसी आदिको अभिनय रहेको छ। पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा वसन्त सापकोटा र सुरेश गैरेको संगीत छ। फिल्मलाई विकास आचार्य स्वयंले लेखेका हुन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।