Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

कला

बन्ने भो ‘जिन्दगी रक्स'

(0 votes)
बन्ने भो ‘जिन्दगी रक्स'
काठमाडौं– म्युजिक भिडियोमा अनुभव बटुलिरहेका युवाहरुको अर्को टोलीले फिल्म निर्माण गर्ने भएको छ। राजधानीमा मंगलबार उनीहरुले फिल्मको औपचारिक घोषणा गरेका हुन्। ‘जिन्दगी रक्स' शीर्षकमा बन्ने फिल्मको सुटिङ आइतबार सुरु हुनेछ।
‘जिन्दगी रक्स'लाई म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गर्न लागेका हुन्। फिल्मका मुख्य कलाकारमा पनि म्युजिक भिडियोकै अनुहारको बाहुल्य छ। यही फिल्मका साथ अकेशा विष्ट, सौरमराज तुलाधर र सोनम पाखि्रनले भिडियोको अनुभवलाई ठूलो पर्दामा पस्कन लागेका हुन्।निर्देशक खड्काले एक वर्षको तयारीपछि सुटिङमा जान लागेको जानकारी गराए। ‘पटकथामा एक वर्षदेखि काम गरिरहेका थियौं। बल्ल त्यसले पूर्णता पाएको छ। नयाँ पुस्ताको कथा भएकोले त्यस्तै पात्र छनोट गरेका छौं। फिचर फिल्मका लागि नयाँ भए पनि भिडियोको अनुभवले सबैलाई सघाउनेछ भन्ने विश्वास छ,' उनले भने।
भिजे अकेशाले चित्तबु‰दो भूमिका पाएकाले अभिनयको प्रस्ताव स्वीकार गरेको बताइन्। फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, निश्चल बस्नेत, शुभेच्छा खड्का र प्रकृति श्रेष्ठले अतिथि भूमिका निभाउनेछन्। ‘मैले पहिलो चोटि होला पटकथा एक बसाइमा पढेर सकेको। त्यसैले पनि ‘जिन्दगी रक्स' राम्रो बन्नेछ भन्ने विश्वास छ,' ऋचाले भनिन्।
...रोमान्टिक कमेडी' फिल्ममा सुगम पोखरेल र कमल खत्रीको संगीत रहनेछ भने फिल्मलाई हरि हुमागाईंले खिच्नेछन्। फिल्ममा राजेन्द्र खड्गी, विनोद मैनाली, विक्की पुलामी, मकन राई आदिको अभिनय रहनेछ। भि प्रोडक्सन एन्ड निकेस क्रिएसनको ब्यानरमा सुजिता श्रेष्ठ निर्माता रहेको फिल्मलाई निरज महर्जनले लेखेका हुन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।