15 Chaitra, 2076 | March 28, 2020
Menu

कला

रेग्मीको घरदेखि हलसम्म र्‍याली

(0 votes)
रेग्मीको घरदेखि हलसम्म र्‍याली
चितवन– शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मनले मनलाई छुन्छ'ले निर्देशक शिव रेग्मीको सम्झनामा बाजागाजासहित र्‍याली निकालेको छ। शुक्रवार फिल्म प्रदर्शन गर्नुपूर्व उनकै घर चितवनको बाह्रघरेबाट र्‍याली निकालिएको थियो।
करिब पाँच किलोमिटरको यात्रा गर्दै हलसम्म पुगेको र्‍यालीमा फिल्मका कलाकार वीरेन श्रेष्ठ, गरिमा पन्त, केशव भट्टराई आदिको सहभागिता थियो। र्‍यालीमा सहभागीले कलाकारसँगै बसेर इन्द्रदेव हलमा फिल्म हेरेका थिए। 
फिल्म हेर्न रेग्मीकी पत्नी ज्ञानुसमेत हलमा थिइन्। ‘यो फिल्म सबैले हेर्ने पर्ने फिल्म हो, सबैलाई आग्रह गर्छु एकपटक हेरिदिनुस्,' उनले फिल्म हेरेपछि पत्रकारमाझ भनिन्।
निर्देशक रेग्मीको गत मंसिर २४ मा काठमाडौमा निधन भएको थियो। उनले १९ वटा फिल्म निर्देशन गरेका थिए। उनले निर्देशन गरेका फिल्ममा तल्लो वर्गका नेपालीको कथा समेटिने गरेकोमा अहिलेको फिल्म पनि त्यस्तै कथाले स्थान पाएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए। 
अभिनेत्री गरिमा पन्तले फिल्ममा समाजको यथार्थ कथालाई प्रस्तुत गरेको भन्दै एकपटक फिल्म हेरेर निर्देशक रेग्मीप्रति सम्मान गर्न आग्रह गरिन्। फिल्मको प्रदर्शनीबाट आएको रकमबाट रेग्मीको सम्झनामा स्थापना गरिएको अक्षयकोषमा रकम थप गर्ने कलाकार केशव भट्टराईले बताए।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।