Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

कला

‘मुखौटा'को पहिलो झल्को

(0 votes)
‘मुखौटा'को पहिलो झल्को
काठमाडौं– फिल्म ‘मुखौटा'ले नयाँ वर्षको पूर्व सन्ध्यामा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको छ। ‘रिलिज नजिकिँदै छ। फिल्मको पोस्ट प्रोडक्सन र प्रचारप्रसार एकसाथ अगाडि बढाउनु पर्ने बाध्यता छ। विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारीमा छौं,' निर्माता रविन श्रेष्ठले भने।
आगामी जेठ १६ मा रिलिज हुन लागेको फिल्म राम्रो बनेको बताउँदै अभिनेत्री निशा अधिकारीले ‘मुखौटा'लाई माया गरिदिन आग्रह गरिन्। ‘मुखौटामा सुटिङ गर्दाका हरेक पल स्मरणीय थिए। फिल्म पनि रमाइलो नै बनेको छ भन्ने विश्वास छ,' निशाले भनिन्।
यहीबाट निर्देशन थालेका अर्पण थापाले पनि फिल्मलाई राम्रो बनाउने प्रयास गरेको बताए। ‘सबैकुरा जानेर बनाएका होइनौं। जान्नलाई पनि बनाएका हौं। तर थोरैभन्दा थोरै गल्ती गरेका छौं भन्ने लागेको छ,' थापाले भने। 
‘ब्याच नं १६',’बधशाला', ‘छडके', ‘धन्दा' तथा ‘मौन'मा अभिनय गरेका अर्पणले ‘मुखौटा'सँगै निर्देशन थालेका हुन्।
अर्पणसहित फिल्ममा राजेश हमाल, सौगात मल्ल, सुनिल थापा, दयाहाङ राई, निशा अधिकारी, रविन तामाङ, हर्षिका श्रेष्ठ र प्रशान्त ताम्राकारको मुख्य भूमिका छ। 
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रेनाशा राईको कोरियोग्राफी, जेशन कुँवरको संगीत र चन्द्र पन्तको द्वन्द्व निर्देशन छ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।