Monday 23 Mangshir, 2076 | December 09, 2019
Menu

कला

'सेतो बाघ' सुटिङ सकियो

(0 votes)
'सेतो बाघ' सुटिङ सकियो
काठमाडौं– नीर शाहको निर्देशनमा बनिरहेको फिल्म 'सेतो बाघ'को सुटिङ ५१ दिनमा सकिएको छ। काठमाडौंको सिनामंगलस्थित एक गार्मेन्टमा लगाइएको सेटबाट सुरु भएको सुटिङ पाटन दरबार संग्रहालय, केशर महल, चितवनको मेघौली, रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै कमल विनायकमा टुंगिएको हो।

'फिल्मको सुटिङ सोचेजस्तै भएको छ। जतिसक्दो चाँडो फिल्मको टिजर आउट गर्नेछौं। त्यसपछि रिलिजको तयारी हुनेछ,' निर्देशक शाहले भने। सुरुमा नयाँ कलाकारलाई नै प्राथमिकता दिने योजना शाहको थियो तर सुटिङ सुरु भएपछि नाम चलेका कलाकार समेत अनुबन्धित भएका छन्।
जंगबहादुर राणाको भूमिका बिएस राणालाई दिइएको छ भने राजाराम पौडेल, रवि गिरी तथा पवन मैनाली पनि  फिल्ममा देखिँदैछन्। दुर्घटनामा घाइते भएका पवनले ११ वर्षको अन्तरालमा यसैबाट अभिनयमा फर्केका छन्।
सञ्जय लामाले खिचेको फिल्ममा नीरा राणाले कस्ट्युम डिजाइन र निर्जल श्रेष्ठले कला निर्देशन गरेका थिए।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।