Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

कला

नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य

(0 votes)
नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य
काठमाडौं - विकास आचार्य निर्देशित नाइ नभन्नु ल २ ले बुधबारसम्म डेढ करोड रुपियाँको कारोबार गरेको छ। 'हाम्रो फिल्मले सबैभन्दा थोरै दिनमा नै करोड रुपियाँ पार गरेको छ,' निर्देशक आचार्यले भने, 'फिल्मले लगानी उठाएर नाफा दिन थालेको छ।'
बाल प्रेमकथामा आधारित फिल्मले मल्टिप्लेक्ससहित देशका ७५ हलहरुमा प्रदर्शन भइरहेको छ।  गत साता रिलिज भएको फिल्मको सफलताबाट हौसिएका निर्देशक आचार्य यसको तेस्रो सिक्‍वेल बनाउने 'मुड'मा पुगेका छन्। 'भाग तीन बनाउनै पर्छ अब। कमाइलेमात्र होइन वितरक साथीहरुले पनि नाइ नभन्नु ल ३ बनाउनुपर्छ भन्न थालेका छन्। एक किसिमको दवाव नै परिरहेको छ,' उनले सुनाए, 'अव सामाजिक कथावस्तुमा आधारित रहेर तेस्रो भाग बनाउनेछु ।'
फिल्मको कमाई वैशाख दुई गते (मंगलबार) नघटेपछि निर्देशकको 'कन्फिडेन्ट लेवल' माथि पुगेको हो। सांगितिक पक्ष निक्कै सबल रहेको फिल्मको लिड रोलमा अनुभव रेग्मी र सुज्ञानी भट्टराई छन्। बाल प्रेमकथाले पनि दर्शकको ध्यान खिच्‍न सक्छ भन्ने फिल्मले स्थापित गरेको छ। कृष्णहरी बरालका शब्द र बाल गायक प्रेम परियारको स्वरले फिल्मलाई सफलताको शिखरमा पुर्‍याउन प्रमुख भूमिका खेलेको छ। फिल्ममा सुरज सिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, सिताराम कट्टेल, निर्दोश केसी, वर्षा सिवाकोटीको अभिनय रहेको छ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।