Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

कला

१ लाख भारुको साहित्य एकेडेमी पुरस्कार प्रधानलाई

(0 votes)
इलाम– भारतमा साहित्यतर्फ नेपालीभाषी स्रष्टाले पाउने सबैभन्दा ठूलो र प्रतिष्ठित 'एकेडेमी पुरस्कार' यसपल्ट कालेम्पोङका मनबहादुर प्रधानलाई दिइने भएको छ। 'मनका लहर र रहरहरु' नामक यात्रा वृतान्त कृतिका लागि प्रधानले सन् २०१४ को एकेडेमी पुरस्कार पाउने भएका हुन्।
लामो समयदेखि शिक्षा र साहित्यमा योगदान पुर्‍याउँदै आएका प्रधान कालेम्पोङस्थित नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष पनि हुन् । भारतमा सरकारी मान्यताप्राप्त २२ भाषामा बर्षभरी लेखिएका उत्कृष्ठ कृतिलाई पुरस्कृत गरिनेक्रममा नेपालीतर्फ प्रधानको 'मनका लहर र रहरहरु' छानिएको हो ।

आगामी मार्च ११ तारिखमा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एक विशेष समारोहमा प्रधानसहित २२ स्रष्टालाई एकेडेमी पुरस्कार वितरण गरिने आयोजकले जनाएका छन् । पुरस्कारमा एक लाख भारतीय रुपियाँ र ताम्रपत्र हुनेछ । एकेडेमी पुरस्कारबाट यसअघि दार्जिलिङक्षेत्रका डा. इन्द्रबहादुर राई, शिवकुमार राई, गोपीनारायण प्रधान, मनप्रसाद सुब्बा आदि पुरस्कृत भइसकेका छन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।