Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

कला

कठेतको पटकथा उत्कृष्ट

(0 votes)
कठेतको पटकथा उत्कृष्ट
काठमाडौं– नेपाली लेखकबीच भएको पटकथा लेखन प्रतियोगितामा राजन कठेत विजयी भएका छन्। न्यु नेपाली सिनेमा डट कमको आयोजनामा गत असारमा सुरु भएको ‘नेपाली सिनेमा स्त्रि्कप्ट लेखन प्रतियोगिता'मा उत्कृष्ट भए वापत कठेतले दुई लाख २५ हजार रुपैयाँ जितेका छन्। उनको ‘चाल' शीर्षकको पटकथाले १२१ कथालाई उछिनेको हो।
प्रतियोगितामा १२१ लेखकले कथा पठाएका थिए। तीमध्ये निर्णायक समितिले २० कथालाई दोस्रो चरणका लागि छनोट गरेका थिए। उक्त २० कथाका लेखकहरुलाई पटकथा लेख्न तीन महिनाको समय दिइएको थियो। तोकिएको अवधिमा जम्मा आठ जनाले मात्र पटकथा बुझाए।
कठेतसहित बुद्धि पोखरेल, मनीषराज शाह, आस्था श्रेष्ठ, सुरेश मुखिया, सागर भण्डारी, राजेन्› ठकुराठी र नदिश मानन्धरका पटकथा अन्तिम चरणमा पुगेका थिए। कठेतको पुरस्कृत पटकथामा अस्ट्रेलियाको आल्प इन्टरटेनमेन्ट र प्लानेट थ्री फिल्म्सले संयुक्त रुपमा फिल्म निर्माण गर्ने घोषणा गरेको छ। कठेतले यसअघि ‘मोक्ष' फिल्मको पटकथा लेखेका थिए।
कठेतको पटकथामा नेपालको ग्रामीण भेगको मिठो कथा रहेको बताउँदै निर्णायक अर्जुन सुवेदीले उक्त पटकथामा राम्रो फिल्म बन्ने विश्वास ब्यक्त गरेका छन्। फिल्मको निर्देशनका लागि पनि नयाँ युवा निर्देशकलाई जिम्मा दिइने छ। न्यु नेपाली सिनेमाले यसअघि गरेकेा पहिलो पटकथा लेखन प्रतियोगितामा रोहित देवकोटा प्रथम र सन्दीप बडाल रनरअप भएका थिए।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।