Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

कला

रामकृष्णको तेस्रो एकल साँझ हुने

(0 votes)
रामकृष्णको तेस्रो एकल साँझ हुने
काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।


'हरेक दस वर्षमा एउटा एकल साँझ गर्ने योजना थियो। त्यही अनुसार २०४५ साल र २०५५ सालमा दुइटा एकल साँझ भएका थिए, ढकालले मंगलबार सञ्चारकर्मीसँग भने, 'तर बीचको समयमा विविध कारणले गर्दा चाहेको समयमा गर्न सकिएन। पाँच वर्ष ढिलो भए पनि निरन्तरता दिन लागेका हौं।'

ढकालले २०४५ सालमा १२ वर्षको उमेरमा 'ढकाल सुमधुर साँझ' गरेका थिए। सोही साँझको गायनबाट नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन सफल ढकालले २०५५ सालमा दोस्रो एकल साँझ गरेका थिए। तेस्रो एकल साँझ चैत ३० मा होटल याक एन्ड यतीमा हुन लागेको हो।

आयोजक ग्रीष्मा इन्टरटेनमेन्टका प्रमुख गीरेन्द्र घिमिरेले एकल साँझलाई भव्य बनाउन कुनै कसर नराखिने बताए। 'ढकालको एकल साँझ अहिलेसम्मकै भव्य हुनेछ। विदेशी कलाकारले मात्र गतिलो प्लेटफर्म पाइरहेको अवस्थामा हाम्रै कलाकारलाई त्यस्तो प्लेटफर्म किन नदिने भनेर ढकाललाई प्रस्तुत गर्न लागेका हौं,' घिमिरेले भने।

एभिड म्यानेजेन्टको सहयोगमा हुन लागेको कन्सर्टमा २५ जना वाद्यवादकले ढकाललाई साथ दिनेछन्। २५ मध्ये आठ भ्वाइलिनवादकको टोली दार्जिलिङबाट आउन लागेको ढकालले जानकारी गराए। कार्यक्रमको टिकट पाँच हजार रुपैयाँ तोकिएको छ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।