Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

कला

रेखाद्वारा निर्देशक विस्थापित

(0 votes)
रेखाद्वारा निर्देशक विस्थापित
काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।
'हिम्मतवाली'को सुटिङस्थलबाट नागरिकसँग कुरा गर्दै रेखाले मंगलबार यसको पुष्टि गरेकी हुन्।

'सुटिङ सुरु भएदेखि नै श्याम दाइलाई सन्चो थिएन। सुटिङ रोक्न सक्ने अवस्था नभएकोले म आफैंले निर्देशन गर्ने निर्णय गरेकी हुँ,' रेखाले महेन्द्रनगरको पिप्लारीबाट भनिन्।

रेखाले अर्को निर्देशक ल्याएर काम गर्दा भट्टराईको अवमूल्यन हुने भएकाले आफैं निर्देशक बनेर फिल्मको काम सकाउन लागिपरेको तर्क दिइन्। 'फिल्मको कथा तथा परिकल्पना मेरै हो। दर्जनौं फिल्ममा काम गरेको अनुभव छ। त्यही आधारमा श्याम दाइको अभाव पूरा हुन दिन्नँ,' रेखाले भनिन्।

निर्देशक भट्टराईसँग झगडा परेर निर्देशनमा फेरबदल नभएको रेखाको दाबी छ। 'म अर्काको काममा हस्तक्षेप गर्ने मान्छे होइन। स्वास्थ्यबाहेक अरु कुनै कारण छैन,' रेखाले भनिन्।

निर्देशक श्याम भट्टराईले भने यस विषयमा तत्काल केही नबोल्ने बताए। उनी मंगलबार काठमाडौं फर्किसकेका छन्।

'मैले रेखासँग एउटा सहमतिमा फिल्म छाडेको हुँ। त्यो सहमति समय आएपछि बताउनेछु,' भट्टराईले भने। कामै गर्न नसक्ने गरी बिरामी नभएको उनको संकेत थियो। 'म अहिले तपाईंसँग बोलिरहेको छु। मेरो स्वर सुनेर अनुमान गर्न सक्नुहुन्छ म कति बिरामी छु वा छैन,' भट्टराईले बुझाए।

फिल्मको ३५ प्रतिशत सुटिङ सकिसकेको र बाँकी सुटिङ सकेर टोली १५ दिनपछि काठमाडौं फर्किने रेखाले जानकारी गराइन्। उनका अनुसार फिल्मको निर्देशकका रुपमा आफ्नै नाम रहनेछ, भट्टराईको होइन।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।