Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

कला

'मिस नेपालले धेरै सिकायो'

(0 votes)
'मिस नेपालले धेरै सिकायो'
काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।


धरानकी २५ वर्षीया जोशी २०११ को मिस नेपाल विजेता हुन्। सोही सालको मिस वर्ल्डमा सहभागी भएकी मलिना उत्कृष्ट डान्सरको टप टेनमा छनोट भएकी थिइन्।

'मिस नेपाल जितेपछि मात्र ग्ल्यामर, फिल्म र विज्ञापनका विभिन्न संस्था तथा व्यक्तिहरुसँग सहकार्य गर्ने अवसर मिलेको हो। अभिनय गर्ने क्षमता भए पनि हिडन ट्रेजरसँगको सहकार्यले त्यसमा आत्मविश्वास थपेको थियो,' उनले भनिन् ।

मिस नेपाल जितेपछि जीवनका विभिन्न पक्षसँग परिचित हुने अवसर पाएको समेत उनको तर्क छ। 'मिस नेपालले लवाइखुवाइदेखि सामाजिक दायित्वबारे जिम्मेवार हुन सिकाउँछ। सानो उमेरमै पाएको प्लेटफर्मले हरेक क्षेत्रमा अगाडि बढ्न मद्दत गर्छ। त्यसैले म आज जे छु, त्यसका लागि हिडन ट्रेजरको ठूलो हात छ,' मलिनाले भनिन्।

मिस नेपालबाट नेपाली फिल्ममा प्रवेश गर्ने मलिना कान्छी सदस्य हुन्। फिल्म 'कलिउड'मा आइटम डान्स गरेकी मलिना 'ऋतु'मार्फत् पूर्ण अभिनेत्री बनेकी हुन्। 'ऋतु' फिल्मकी मिनाको भूमिकाको लागि अस्टे्रलियामा अडिसन भइरहँदा उनी र्या'म्प शोमा व्यस्त थिइन्।

'अडिसन भइरहेको सुनेको थिएँ। फिल्मको अफर आएपछि स्त्रि्कप्ट मागेँ। मैले चाहेजस्तो भूमिकाका लागि अफर आएकोले फिल्म खेल्ने निर्णय गरेँ,' उनले भनिन्।

अभिनयको कुनै औपचारिक प्रशिक्षण नलिएकी मलिनालाई अभिनय गर्न सजिलै सक्छु जस्तो लाग्थ्यो। तर सुटिङको पहिलो दिन उनलाई गाह्रो भयो।

'सुटिङको पहिलो दिन केही अप्ठ्यारो र अलिअलि लाज लागेको थियो। तर एक हप्तापछि भने म पूरै व्यावसायिक कलाकारजस्तो बनिसकेकी थिएँ,' उनले भनिन्।

पहिलो फिल्मको प्रतिक्रिया राम्रै भए पनि अभिनयलाई निरन्तरता दिने वा नदिने उनी दोधारमा छिन्। फिल्ममा कस्तो खालको भूमिकामा खेल्ने इच्छा छ भन्ने प्रश्नमा पनि उनी खुलेनन्। 'स्त्रि्कप्ट हेरेर निर्णय गर्नेछु। तत्काल कस्तो भूमिका खेल्न मन लागेको छ भन्ने सोच्न भ्याइसकेको छैन,' उनले भनिन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।