Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

कला

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

(0 votes)
'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'
काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।
भट्टराई अस्वस्थ भएका हुनाले आफूले नै आराम गर्न फर्काइदिएको रेखाको दावी छ। अरु निर्देशकलाई भिœयाउँदा भट्टराईको अवमूल्यन हुने हुनाले निर्देशकको बाँकी जिम्मेवारी आफैंले सम्हालेको उनी तर्क दिन्छिन्।

बुधबार विभिन्न सञ्चारमाध्यममा आफ्नो विषयमा समाचार प्रकाशित भएपछि निर्देशक श्याम भट्टराईले प्रेस विज्ञप्ति निकालेका छन्। रेखाको तर्कमा सत्यता नरहेको दावी गर्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन्ः

मेरो करिअरमा एउटा सिँढी थपिन्छ भन्ने सोचेर रेखा थापाजीको निर्माण रहेको 'हिम्मतवाली'मा निर्देशन गर्न म खुसीसाथ तयार भएको थिएँ। थुप्रै फिल्म निर्माणको अनुभव लिइसक्नुभएकी रेखाजीसँग चुस्त व्यवस्थापनको अपेक्षा थियो। व्यवस्थापन राम्रो हुनुपर्छ भन्नेमा मैले वारम्बार जोड दिँदै आएको थिएँ।

सुटिङ फागुन १५ देखि सुरु हुने तय भएको थियो। मैले एक हप्ताअघि नै सुटिङस्थलमा पुगेर निरीक्षण गर्छु भनेँ। उहाँले बाँकी कलाकार, आधी जसो प्राविधिक र बस्नेखाने, यातायात सबै उतैबाट मिलाएको जानकारी दिनुभएको थियो। म विश्वस्त हुन पनि अगाडि जानुपर्ने थियो।

सहायक बोकेर म महेन्द्रनगर निस्किएँ। त्यहाँ पुगेपछि थाहा भयो उहाँले विश्वास दिलाएका कुनै पनि तयारी भएको रहेनछ। अत्यन्तै अस्तव्यस्तताका साथ सुटिङ सुरु भयो। न प्रोडक्सन म्यानेजर, न कुक, न स्पटब्वाई, न क्यामरा बोक्ने गाडी? केही पनि थिएन। ओढ्ने, ओछ्याउनेको व्यवस्था पनि थिएन।

प्रोडक्सनबाट पाएको सुविधाको एउटै सिरकलाई डस्ना पनि, सिरानी पनि बनाएर बसेका कलाकार तथा प्राविधिकहरुका शरीरमा निस्किएका घाउखटिराका दागहरु सायद एक महिनापछि सबैले देख्नेछन्। कलको पानी पिउनुपर्थ्यो।

लोकप्रि्रय अभिनेत्री/निर्मात्री भएकीले उहाँ त्यो बस्तीमा बस्ने कुरै थिएन। स्थानीयको टायरगाडा भाडामा लिएर उहाँलाई ओसार्न मैले सोझा प्राविधिकहरुलाई बाध्यतावश दुःख दिएको छु। स्पटब्वाय नहुँदा निकै दुःख पायौं। व्यावसायिक कुक पनि थिएन। खानाको अस्तव्यस्तता थियो।

सुटिङ हेर्न आउनेलाई तान्दै कलाकार बनिदिन अनुरोध गर्नुपर्ने परिस्थितिमा एक निर्देशकले आफ्नो सिर्जनशीलताको कति सदुपयोग गर्न सक्ला? तर परिस्थितिलाई बु‰नुको सट्टा रेखाजीले सधैं मलाई ढिलो भयो भनेर दोष लगाउनुहुन्थ्यो।

'नखाउँ दिनभरिको शिकार, खाउँ कान्छो बाउको अनुहार' भएपछि उहाँलाई सचेत गराउनु मेरो कर्तव्य थियो। काठमाडौंमा छँदा मेरो काममा हस्तक्षेप नहुने सहमति भएको थियो। तर, उहाँले सहमतिको उल्लंघन छायाङ्कनको पहिलो दिनमा नै गरिदिनुभयो।

समस्याको निराकरण गर्नुको सट्टा मलाई पटकपटक पदमुक्त गर्ने धम्की दिनुभयो। हुन त मैले सुटिङ रोकेर सम्पूर्ण टोलीलाई फर्काउन पनि सक्थेँ। तर दैनिक रोजगारी गरेर छाक टार्नुपर्ने मजदुर साथीहरु, जसले १० प्रतिशत मात्र पेश्की लिएका थिए, उनीहरुको श्रमको मूल्य पनि रोकिन्थ्यो। त्यसैले मैले त्यो गर्न सकिनँ।

म आफैं त्यहाँबाट निस्केर राजमार्गको होटलमा आएर बसेँ। त्यसलगत्तै रेखाजीका पूर्व पार्टनर छविराज ओझाले मलाई फोन गरेर आफ्नो मातहतका सबै काम सकाएर मात्रै हिँड्नु भन्ने सुझाव दिनुभयो। रेखाजीबाट केही खबर आउँला भनेर मैले पर्खेँ। तर उहाँमा कमजोरी स्वीकार्ने र सुधार्ने सम्भावना न्यून देखियो।

मेरो मन मरेपछि म त्यहाँबाट निस्किएँ। काठमाडौं आइपुगेपछि थाहा भयो, म बिरामी भएर थप उपचारका लागि पठाइएको रहेछु। म आउनासाथ रेखाजी निर्देशक नै भइसक्नुभएछ। आफ्नो अनुकूल हुँदा प्रयोग गर्ने अनि पछि फ्याँकिदिने उहाँको पुरानो स्वभाव समस्त फिल्मकर्मीहरुले बुझेकै छन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।