Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

कला

होली खेल्दै फिल्मको प्रचार

(0 votes)
होली खेल्दै  फिल्मको प्रचार
काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।
भर्खरै अमेरिकाबाट नेपाल फर्किएका अभिनेता रमेश उप्रेती, गौरी मल्लदेखि लिएर राजेश हमालसम्म त्यहाँ पुगेका थिए।

होलीमा करिश्मा पति विनोद मानन्धरको जन्मदिन समेत पर्छ। त्यही भएर करिश्मा निवासमा आइतबार कलाकारहरुले होलीसँगै विनोदको जन्मदिन समेत मनाए। होलीसँगै कलकारहरुको जमघटबीच विनोदले केक काटेर सबैलाई खुवाए, सबैको शुभकामना लिए।

सेलिब्रेटीहरु सार्वजनिक ठाउँमा होली खेल्न नसक्ने भएकाले एकैठाउँ भेला भएर होली खेल्ने उद्देश्य अनुरुप करिश्मा निवासमा होली परम्परा सुरु भएको हो। करिश्मा र विनोदले बिहे गरेकै सालदेखि सुरु भएको यो परम्परा क्रमिक रुपमा व्यापक हुँदै गएको छ।

'२३ वर्ष भयो विनोद र मेरो बिहे भएको। हरेक साल यसरी नै होली खेलिँदै आएका हौं तर हिजोका दिनमा यतिको प्रचारप्रसार हुन्नथ्यो, 'करिश्माले भनिन्, 'फिल्म उद्योग मेरो घर हो। घरका सबै सदस्य भेला भएर रमाइलो गर्न पाउँदा हामीलाई खुशी लाग्छ।'

आइतबार होली खेल्न शिव श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, अशोक शर्मा, सञ्चिता लुइँटेल, दिलिप रायमाझी, मेलिना मानन्धर, अरुणिमा लम्साल, मुकेश ढकाल, नन्दिता केसी, सौजन्य सुब्बा, सुमिना घिमिरे, सुष्मा कार्की, नीता ढुंगाना, अनु शाह लगायत कलाकार त्यहाँ भेला भएका थिए।

हरेक टेलिभिजनले होली कार्यक्रम राखेकाले कलाकारलाई सबैतिर पुग्न भ्याइनभ्याइ थियोे। रिलिज तयारीमा रहेका फिल्महरु आफ्नो युनिटसहित होली खेल्ने ठाउँ पुगेका थिए। नजिकै रिलिज मिति परेका फिल्मका लागि होली प्रचारप्रसार गर्ने माध्यम बनेको थियो। यसको फाइदा उठाउन अगाडि देखियो फिल्म 'फिटकिरी'। 'फिटकिरी'ले करिश्मा निवास, टिभी फिल्मी र एभिन्युज टेलिभिजन सबैमा होली खेल्न भ्यायो। टोलीमा निर्देशक अनुप बराल, कलाकार सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी र निर्माताद्वय अर्जुन कुमार तथा सुमित मैनाली थिए।

गोपीकृष्ण हल परिसरमा टिभी फिल्मीले गरेको होलीमा फिल्म प्रवर्द्धन गर्ने होड देखियो। प्रवर्द्धनसँगै कलाकार तथा प्राविधिकहरुले एकआपसमा अबिर दलेर होली मनाए। त्यहाँ 'मनले मनलाई छुन्छ', 'आधी बाटो', 'हँसिया', 'स्टुपिड मन' जस्ता फिल्मका टोली थिए।

विगतमा झैं निर्माता छवि ओझाले पुरानो बानेश्वरस्थित आफ्नो कार्यालयमा नजिकका कलाकार तथा प्राविधिक भेला गरेर होली मानाए। 'लज्जा' फिल्म निर्माण गरेका छविको होलीमा यही फिल्मका कलाकार तथा प्राविधिकहरुको बाहुल्य थियो।

कार्यशालामा व्यस्त रहेको 'श्री ५ अम्बरे' टोलीले कार्याशाला गरिरहेकै ठाउँमा होली मनायो। सौगात मल्ल र केकीले एक आपसमा रंग दलेर होली खेले। त्यसैगरी हरेक सालझैं यसपालि मण्डला थिएटर होलीको रंगले रंगिन बन्यो। मण्डलाको प्रांगणमा होली खेल्न सबै नाट्यकर्मीहरु भेला भएका थिए। उनीहरुले फागुका गीत घन्काउँदै होली मनाएका थिए।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।