Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

कला

रक्तिम साँझमा जोशिए दर्शक

(0 votes)
रक्तिम साँझमा जोशिए दर्शक
काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'
शान्त वातावरणमा गीत, नाच हेरिरहेका दर्शकहरु हौसिन थाले। दर्शकले उनलाई अन्त्यमा आएकामा दुखेसो पनि गरे।

शनिबार मण्डला थिएटर अनामनगरमा रक्तिम सांस्कृतिक अभियान काठमाडौंले गरेको कार्यक्रममा शर्मा उपस्थित थिए। अघिपछि नाटक भइरहने रंगमञ्चमा दर्शकले छुट्टै कार्यक्रममा स्वाद लि, जसमा राष्ट्रियताका सवाल गीतबाट उठाइएको थियो। मजदुर, भरिया, परदेशीको पीडा, सीमाना मिचिएको चिन्ता, नारी आवाजका शब्द गीतमा सुनिए।

जीवन शर्माले लोकप्रिय गीतहरु सुनाउँदा कतिपय दर्शकका आँसु झारे। दीनदुःखीका गीत गाउँदै आफूहरु गाउँघर चाहरेको रक्तिम सांस्कृतिक अभियानका दलबहादुर बिकले सुनाए। जनवादी गीत, नृत्यको माग विदेशबाट समेत आइरहेको उनले बताए।

देश र जनताका गीत आफूहरुले गाउने भन्दै रक्तिमले हरेक तीन महिनामा एउटा कार्यक्रम गर्ने सोच बनाएको अभियानका काठमाडौं अध्यक्ष नीलिमा पुनले बताइन्। कार्यक्रममा 'भ्रष्टाचारको स्वाद' नामक लघुनाटक पनि देखाइएको थियो। चप्पल लगाएर काठमाडौं छिरेको नेताले ठूला महलमा रमाएको कथा नाटकमा समेटिएको थियो। भ्रष्टाचार गरेर कमाएको सम्पत्तिप्रति व्यङ्ग्य गर्दै भ्रष्ट नेतालाई अख्तियारले समाएको दृश्य दर्शकलाई देखाउँदा ताली गुन्जिएको थियो।

'तोकिएको समयमा संविधान निर्माण र राष्ट्रियताको रक्षाका लागि रक्तिम अभियान' नारा दिइएको सांस्कृतिक कार्यक्रममा खान, लाउन नपाउनेका गीत गाइएका थिए।

भारतले कालापानीमा राखेका सेनाको गीतबाट विरोध गर्दै, 'छोड छोड विस्तारवाद नेपाल भूमि छोड, भारतीय सेनाहरु काला पानी छोड' जस्ता गीतमा एक्सन नाच देखाइएको थियो। नेपाली पोशाकमा कलाकारहरुले राष्ट्रियताको पक्षमा एक हुन नेपालीलाई आह्वान गरेका थिए।

'मधेसी, पहाडी, हिमाली, हामी सबै जनजाति, सयौं जाति नेपाली' गीतमा राष्ट्रिय झन्डा समाएर कलाकार नाचिरहँदा दर्शक उत्सुक बनेका थिए। दुई सयदेखि हजार रुपैयाँसम्मका टिकट काटेर दर्शक कार्यक्रम हेर्न पुगेका थिए।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।