Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

कला

ढकालको ‘च्याउको जंगल' सार्वजनिक

  • सोमबार १ बैशाख, २०७१
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
विप्लव ढकालको कविता संग्रह 'च्याउको जंगल' विमोचन गर्दै स्रष्टाहरू। विप्लव ढकालको कविता संग्रह 'च्याउको जंगल' विमोचन गर्दै स्रष्टाहरू। तस्बिर : प्रतीक रायमाझी
‘यही झण्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नो निधारको चट्टान!
यही झण्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल....'

काठमाडौं– युवा पुस्ताका प्रखर कवि विप्लव ढकाल आफ्ना प्रतिनिधि कविताहरूको संग्रह ‘च्याउको जंगल'का साथ सोमबार शिल्पी थिएटरमा प्रस्तुत हुँदा उनका पाठक र शुभेच्छुकहरू ‘वान्स मोर' भनिरहेका थिए।
कविता कृतिको लोकार्पणमा मानिसको भिड थियो। सायद ढकालका वैचारिक र सशक्त कवितात्मक शैलीले ती सबैलाई तानेको थियो। ढकालको लेखनशैली मात्र होइन, वाचनशैली पनि बेजोड मानिन्छ।
याम्बुरी बुक प्वाइन्टद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार बैरागी काइँलाले कृतिको विमोचन गरे। काइँलाले ढकालका कविता पुराना पुस्ताका लागि पनि लोभलाग्दो भएको बताउनुभयो भने कृतिबारे समीक्षात्मक मन्तव्य राख्ने कवि तुलसी दिवस, एमालेका नेता तथा साहित्यकार प्रदिप ज्ञवाली, कवि श्रवण मुकारुङले ‘च्याउको जंगल' वास्तवमै कविताको नयाँ शक्तिका साथ प्रस्तुत भएको टिप्पणी गरे।
ढकालका यसअघि ‘प्रोफेसर शर्माको डायरी', ‘निर्जन बन्दरगाह', ‘कालो मध्यान्तर' नामक कविता कृति प्रकाशित भइसकेका छन्। तिनै कृतिबाट र अन्य फुटकर ५५ कविता समेटेर ‘च्याउको जंगल' प्रकाशित भएको हो। शिल्पी थिएटरका कलाकरले पुस्तकको शीर्षक कविता ‘च्याउको जंगल' लाई मञ्चन पनि गरेका थिए।
 

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।