Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

कला

विप्लवलाई ह्याट्रिक कामना!

(0 votes)
विप्लवलाई ह्याट्रिक कामना!
काठमाडौं - 'तिनीहरु राँकेभूत होइनन्।' विप्लव ढकालले चालिसको दशकमा लेखेको यो कविताले उनकै जिल्ला भोजपुरका कवि श्रवण मुकारुङको मथिंगल हल्लाइदिएको थियो। श्रवणका यी अग्रज कालान्तरमा मिल्ने साथी भए।
दुवैले नेपाली कविताको समयलाई प्रभावित पारे। उनीहरुबारे कहिले समालोचना लेखिए, कहिले जोक। जे लेखिए पनि दुवैको नाम सँगसँगै आउने। अक्सर सभासम्मेलनमा श्रवणसँगै कुम जुधाएर हिँडिरहेका भेटिने यी कविले नयाँ वर्षको पहिलो दिन ह्याटि्रक शुभकामना खाए।
नयाँ वर्षको शुभकामना, विप्लवलाई। नयाँ कवितासंग्रहको शुभकामना, विप्लवलाई। ४८ औं जन्मदिनको शुभकामना विप्लवलाई। बस्, उनलाई बधाईको ओइरो लाग्यो। सोमबार राजधानीमा उनको कविताकृति 'च्याउको जंगल'को को घुम्टी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति वैरागी काइँलाले खोले। कवि तथा एमाओवादी नेता विश्वभक्त दुलाल 'आहुति', लेखक तथा एमाले नेता प्रदीप ज्ञवाली 'शीतविन्दु', कांग्रेस नेता गगन थापाले तीनवटा अवसरका लागि ह्याटि्रक बधाई दिए।
'उहाँ मभन्दा वरिष्ठ कवि त हुँदै हो, मेरो चुनौती पनि हो। हरेकपल्ट कविता लेख्न बस्दा म विप्लवजीका शक्तिशाली कवितासँग सचेत हुन्छु,' 'प्रोफेसर शर्माको डायरी'बाट चर्चित यी कविबारे श्रवणले भने, 'किनकि इतिहास प्रतिस्पर्धाबाट निर्माण हुन्छ।'
आहुतिले मोदनाथ प्रश्रित र पारिजात गरी दुई साँचोमा ढालिएको तत्कालीन साहित्यमा विप्लव कतै नलागेको विगत कोट्याए। 'दुई कित्तामा बाँडिने हुँदा हामी कहाँ पुग्यौं, कतै नलागेकैले उहाँ यत्तिको समर्थ स्रष्टा बन्न सफल हुनुभयो,' आहुतिले भने, 'अरुण नदी किनारबाट आउनेको सुस्केरा नेपाली साहित्यमा प्रभावशाली देखिन्छ, उहाँ एउटा सफल उदाहरण हो।' कुनामै बसेर भए पनि आफ्नो प्रवृत्ति नछाडी लेखेकैले विप्लवले नेपाली कवितामा शक्तिशाली ठाउँ बनाउन पुगेको भन्न छुटाएनन् आहुतिले।
कांग्रेस नेता गगन थापाले विप्लवमाथि गरेको टिप्पणी रोचक थियो। वैंशमा कम्युनिस्ट र कवि नभएको मान्छे के मान्छे भनिने समय सम्झे यी नेताले। 'तर मैले वैंशमा यी दुवै हुन जानिनँ, आजसम्म कविता पढ्न जानिनँ,' उनले भने, 'सभामुखसँग संसदमा मुश्किलले मागेर पाएको समयमा समेत भन्न नसकेका कुरा विप्लव दाइले कवितामार्फत् मन छुने किसिमले भन्न सक्नुभएको छ। उहाँ आवाजविहीन र शक्तिविहीनहरुका कवि हुनुहुन्छ।'
एमाले नेता प्रदीप ज्ञवाली, कवि तुलसी दिवस र वैरागी काइँलाले विप्लवलाई सफल काव्ययात्राका लागि बधाई दिए। विप्लवले यस संग्रहभित्रबाट 'कोटको टाँक' शीर्षक कविता पढे। 'आजसम्म लेखेका कविताहरुमध्येबाट प्रतिनिधि कवितासंग्रह गरेको छु,' विप्लवले भने, 'यो मेरा लागि आफ्नो पुनर्खोज गर्ने मौका पनि हो।'
कार्यक्रम कवि तुलसी दिवसको सभापतित्वमा सम्पन्न भएको थियो।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।