Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

केपी ढुंगाना

केपी ढुंगाना

२०५८ बाट पत्रकारिता सुरु गरेका ढुंगाना सुरक्षा र संगठित अपराधको विषयमा दख्खल राख्छन्। २०६९ मा प्रकाशित उनको पुस्तक ओपन सेक्रेट 'बेस्ट सेलर' बनेको छ। 

ट्विटरः @hamroblog

फेसबुकः facebook.com/kpdhungana

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४ कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता छन्।

कृष्णप्रसाद हत्या अनुसन्धान पूरा,‘छविलाल र भीमसेन योजनाकार'

  • देश
काठमाडौं-गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या योजना बनाउन छविलाल पौडेल र भीमसेन पौडेल संलग्न रहेको दाबीसहित तीन वर्ष कैद सजाय प्रस्ताव गर्दै चितवन जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको छ।

इन्टरपोलमा नेपालले उठायो वन्यजन्तु अपराधको मुद्दा

  • समाज
काठमाडौं— अन्तरदेशीय प्रहरी संगठन इन्टरपोलको सभामा नेपालले वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बनाउनु पर्ने मुद्दा उठाएको छ। सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सभामा सहभागी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपालमा वन्यजन्तु अपराध नियन्त्रणमा भएको प्रयास प्रस्तुत गरेका थिए।

गृहमन्त्रीको 'चाकडी' मोह

काठमाडौं- गृहमन्त्री वामदेव गौतमले यही चैत १२ गते हल्चोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालय निरीक्षणमा जाँदा 'चेन अफ कमान्ड' नछाड्न निर्देशन दिएका थिए। भनेका थिए, 'चाकडी गरेर अगाडि जान खोज्नु हुन्न, समस्या भए कमान्डरमार्फत आओस्।'

किन हुन्न सुधार?

रवीन्द्रप्रताप शाह प्रहरी प्रमुख भएपछि राजनीतिक नेतृत्वमा पुगेको केही अधिकार संगठनमा तानिएको प्रहरी अधिकारी बताउँछन्। सर्वोच्च अदालतको आदेशअनुसार प्रहरी भर्ना र बढुवामा लोकसेवाको संलग्नतामा सामान्य सिद्धान्त लागू भयो। 
क्षमताअनुसार जिम्मेवारीका लागि पनि नेताको दैलो धाउने वातावरण समाप्त गर्न सरुवाका मापदण्ड बनाइए। प्रस्तावित प्रहरी नियमावलीको मस्यौदाले धेरै हदसम्म प्रहरी संगठनलाई नेतामुखीभन्दा नीतिमुखी बनाउने प्रयास गरेको छ। तर, अहिले त्यो प्रयास पनि गौतमकै टेबलमा पुगेर अड्किएको छ। 
ढकालको मतअनुसार संगठनको नीति निर्माण तहको जिम्मेवारीमा पुगेका प्रहरी अधिकारीले आफूअनुकूल दल विशेषको कार्ड प्रयोग नगर्ने र प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्रीलगायतकाले चेन अफ कमान्डमा रहेका व्यक्तिबाहेकसँग सिधा सम्पर्क नराख्ने व्यक्तिगत संहिता कायम गर्ने हो भने समस्या समाधान हुन्छ।
'एकैपटक परिर्वतन सम्भव छैन,' उनले भने, 'परिर्वतनको प्रारम्भ माथिल्लो तहका अधिकारीबाट सुरु गर्ने हो भने असम्भव पनि छैन।'
मैनालीको मतअनुसार दलका नेतामा आवश्यकताभन्दा बढी सम्मान र चाकडी खोज्ने बानीका कारण घर–घर धाउने र रिझाउने संस्कारले बढावा पाएको हो। यसको अन्त्य गर्ने हो भने सेवाभन्दा नीतिगत रूपमा कामको मूल्यांकन पद्धति बसाल्नुपर्ने उनले बताए। 
'पुरानो घटना वामदेवजीको मष्तिस्कबाट नहटेको देखियो,' मैनालीले वर्तमान गृहमन्त्रीको कार्यशैली विश्लेषण गर्दै भने, 'बागमतीमा धेरै पानी बगिसक्यो, समयअनुसार आफूलाई बदल्नु उहाँको हितमा हुन्छ।'

१० देशका मुद्रासहित १४ चिनियाँ पक्राउ

  • अपराध
काठमाडौं- प्रहरीले मुद्रा तस्करी गरेको अभियोगमा १४ चिनियाँ नागरिकलाई शनिबार बिहान कोटेश्वरमा पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको विशेष टोली र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले १२ करोड ८१ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित उनीहरूलाई पक्राउ गरेका हुन्।

चार लाख अमेरिकी डलसहित १४ चिनिया नागरिक पक्राउ

  • समाज
काठमाडौं- चार लाख अमेरिकी डलर लुकाएर चीनको खासा जाँदै गरेका १४ तिब्बती नागरकि पक्राउ परेका छन्। स्याम्पु, पाउरोटीलगायतका खाद्यन्नभित्र उनीहरुले डलर लुकाएर लाँदै गरेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली र महानगरीय प्रहरी वृत बानेश्वरले कोटेश्वरमा उनीहरुलाई नियन्त्रमा लिएर खोजतलास गर्दा लुकाएर राखेको डलर फेला परेको हो।

चक्रिय प्रणालीमा ब्याज असुल्ने सिंह थुनामा

  • समाज
काठमाडौं— अपहरण, अवैध हातहतियार, जबरजस्ती चोरी सहित ७ वटा अभियोग लागेका महेशबहादुर सिंहलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जबरजस्ती चोरीका घटनामा दोषी ठहर गर्दै शुक्रबार अदालतले १० लाख रुपैयाँ धरौटी मागे पनि अन्य अभियोगका लागि उनलाई थुनामा पठाएको हो।

दुई आरोपीद्वारा पोलिग्राफ परीक्षण अस्वीकार

  • देश
काठमाडौं-कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई आरोपीले पोलिग्राफ परीक्षण गर्न अस्विकार गरेका छन्।

के हो पोलिग्राफ?

पोलिग्राफ परीक्षणसम्बन्धी जानकारका अनुसार मौखिम वयानपद्धतिमा आरोपीले सत्य बोलेको हो या ढाँटेको हो, सो सहजै पहिल्याउन सकिँदैन। पोलिग्राफ परीक्षणबाट भने वयानकर्ताले सत्य नै बोलेको हो या झूट भन्ने पत्ता लगाउन सकिन्छ।
‘यो साइको फिजियोलोजिकल डिटेक्सन अफ डिसेप्सन विधि हो,' पोलिग्राफबारे जानकार एक अधिकारीले भने, ‘विश्वसनीयता निर्धारण गर्ने विज्ञान भएकाले अपराध–अनुसन्धानमा वयानकर्ताको वयान विश्वसनीय हो–होइन भन्ने निर्धारण गर्न यसले सहज बनाउँछ।' जानकारका अनुसार सम्बन्धित व्यक्ति अपराधमा संलग्न छ या छैन भन्ने खुट्याउन न्यूनतम दुई घन्टा लाग्छ। 
आरोपीको घटनासँग सम्बन्ध पहिल्याउन नेपाल प्रहरीले पुरातन अनुसन्धान पद्धतिअनुसार मौखिक वयानलाई मूलआधार बनाउँदै आएकोमा तीन महिना अगाडिबाट प्रविधिमा आधारित पोलिग्राफ परीक्षण प्रारम्भ गरेको थियो। प्रहरीसँग हाल १२ वटा पोलिग्राफ परीक्षण सेट छ। पोलिग्राफ परीक्षणका लागि पाँच महिनाअगाडि अमेरिकी विज्ञ नेपालमै आएर १० प्रहरीलाई दुई महिनाको तालिम दिएका थिए।
उच्च स्रोतका अनुसार तीन महिनामा प्रहरीले एक सयभन्दा बढी आरोपीको पोलिग्राफ परीक्षण गरी अपराधमा उनीहरुको संलग्नताबारे खुलाइसकेको छ। पछिल्लो समय डेढ वर्षअगाडि पाँचजनाको ज्यान जानेगरी जनकपुरमा भएको बम विष्फोटका मुख्य आरोपी मुकेश चौधरीको पोलिग्राफ परीक्षणबाटै सभासद सञ्जय साहको संलग्नतासमेत खुलेको थियो।

कहाँ छन् सञ्जय साह?

काठमाडौं-प्रहरी सुराकीका अनुसार जनकपुर बम विस्फोटका 'मुख्य योजनाकार' सभासद सञ्जय साह उपत्यकाभित्रै छन्। प्राविधिक अनुसन्धानमा भने उनी नेपालपारि पुगिसके।


इन्टरपोल सभाका लागि फ्रान्स जाँदै आइजीपी अर्याल

  • देश
काठमाडौं - प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल आज प्रहरी संगठनहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सभामा भाग लिन जाँदैछन्। आज ४ बजेको फ्लाइटबाट उनी अपराध अनुसन्धान विभागका डिआइजी सुरेन्द्रबहादुर शाह, नेपालस्थित इन्टरपोलका डिएसपी नरहरि रेग्मीसहित सहभागी हुन लागेका हुन्।
Subscribe to this RSS feed