Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

लुकिङ ग्लासको सहाराले समातियो भागेको गाडी

(0 votes)
लुकिङ ग्लासको सहाराले समातियो भागेको गाडी
पोखरा - बितेको शुक्रबार साँझ बेलुकी ८ बजेतिर लेखनाथको डाँडाकोनाक चोकमा बिजुली गएको थियो। अँध्यारो बेला पृथ्वीराजमार्गमा हुइँकिएको कारले बाटोमा हिँडिरहेका पैदलयात्रुलाई ठोक्यो, उनी ठहरै भए र गाडी बेपत्ता भयो।
जसलाई गाडीले किचेको थियो, उसको मृत्यु भइसकेको थियो र त्यो चकमन्न अँध्यारोमा दुर्घटना देख्ने कोही थिएनन् । कारले किचेर मारिएका स्थानीय सूर्यमणि लामिछानेका आफन्तले उनलाई हिर्काएर भागेको गाडी पत्ता लगाएर कारबाही गर्न प्रहरीमाथि ठूलो दबाब सिर्जना गरेका थिए । राजमार्गमा यातायात आवागमन नै रोक्न आँट्न लाग्दा प्रहरी र प्रशासनले थामथुम पार्न हम्मे भएको थियो ।

अन्धकारमा मान्छे हिर्काएर भागेको गाडी देख्ने कोही नहुँदा ठूलो टाउको दुखाइमा परेको प्रहरीले घटनास्थलमा फेला पारेको गाडीको लुकिङ ग्लास (ऐना) भागेको गाडीका चालक र धनी भेट्ने सूत्र बनायो । त्यसैको सहायताबाट घटनाको ४ दिनपछि प्रहरीले उक्त गाडीका चालक र धनीलाई सोमबार पक्राउ गर्न सफल भयो । चालक भनिएका पाल्पा दर्लामडाँडा घर भई पोखरा—६ लेकसाइड बस्ने तुलाराम आलोमगर र गाडीधनी नवराज ढकाललाई लेखनाथ गगनगौंडास्थित आफ्नै घरमा लुकी बसेको अवस्थामा प्रहरीले समातेको हो । उनीहरुलाई समात्न कास्कीका एसपी वसन्त लामा स्वयं नै गएका थिए ।

केही दिनयतादेखि लेखनाथका सामाजिक र राजनीतिक क्षेत्रका अगुवाहरुको आक्रोशको निशानामा परेको प्रहरी—प्रशासनले अँध्यारोमा दुर्घटना गराउँदा पनि कोही उम्कन सक्दैन भन्ने सन्देश दिनैपर्ने चुनौती स्वीकारेर उक्त गाडी खोज्न धम्मरधुस लागेको थियो । तनहुँ, मुग्लिङमात्रै नभई काठमाडौंसम्म गाडी खोज्न प्रहरी खटिएका थिए । आखिर घटनास्थलमा भेटिएको एउटा लुकिङ ग्लास नै गाडीसम्म पुग्ने माध्यम बन्यो र प्रहरी आफ्नो मिसनमा सफल पनि भयो ।

प्रहरीले सबैभन्दा पहिला घटनास्थलमा भेटिएको लुकिङ ग्लास कस्तो गाडीको हो भन्ने यकिन गरेको थियो । जुन ब्रान्डको गाडीको ऐना भनिएको थियो त्यस्ता गाडी नेपालभर कति छन् र पोखरामा कसकससँग छ भन्ने पत्ता लगाइसकेपछि अनुसन्धानमा खटिएको डिएसपी सन्तोष खड्का कमान्डको टोली भागेका चालक र गाडीधनीनजिक पुगेको थियो । घटनास्थलमा सिसाका थुप्रै टुक्राहरुसँग गाडीको बायाँपट्टिको लुकिङ ग्लास भेटिएको थियो, जुन होन्डा सिटी कारको भएको प्रहरीले शनिबारै पत्ता लगायो । त्यसकै आधारमा खोज्दा ढकालको घरमै लुकाइराखेको अवस्थामा ग १ च ८९०२ गाडी फेला परेको हो ।

प्रहरीले अहिले मान्छे किचेर भाग्नु र त्यसपछि प्रहरी सम्पर्कमा नआउनुको कारण खोज्दै चालक आले र गाडीधनी ढकालसँग बयान लिइरहेको छ । ‘अँध्यारोमा मान्छे किचेर भागेपछि प्रहरीले समात्नै सक्दैन भन्ने भ्रम पर्न सक्थ्यो,’ एसपी लामाले भने, ‘हामीले ठूलो मिहिनेतका साथ गाडी समात्यौं ।’ उनले दुर्घटना भइसकेपछि प्रहरीकहाँ आउनुपर्नेको सट्टा भाग्नुलाई गम्भीररुपमा लिएको जानकारी दिए ।

उक्त दुर्घटनामा मृत्यु भएका ४५ वर्षे सूर्यमणिलाई प्रहरीले शुक्रबार घटनाको एक घन्टापछि उद्धार गरेको थियो । प्रहरीले उनलाई पश्चिमाञ्चल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक सूर्यमणि पोखराको एक निजी विद्यालयका शिक्षक थिए । उनकी श्रीमती क्यान्सरपीडित रहेको आफन्तले बताए ।

दुर्घटना भए पनि घाइतेलाई अस्पताल पुर्‍याएको भए उनी बाँच्न सक्थे भन्दै मृतकका आफन्तले चालक र गाडीधनीप्रति आक्रोश पोखेका छन् । प्रहरीले गाडीधनी ढकाल र आलेमगरमाथि अनुसन्धान गरी त्यसैअनुसार मुद्दा लगाउने बताएको छ । अन्जानबस सवारी दुर्घटनामा कसैको ज्यान गए पीडित परिवारलाई क्षतिपूर्ति तिरी मुक्त हुनसक्ने कानुनी व्यवस्था छ । तर, दुर्घटना गराई लुकीछिपी भागेको हुँदा उक्त घटनामा भने ‘कडा कारबाही हुने’ एसपी लामाले बताए ।
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...