Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

उधारोमै राजकीय सम्मान, खर्च बेरुजु

(0 votes)
उधारोमै राजकीय सम्मान, खर्च बेरुजु
काठमाडौं- पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको वर्षौ बितिसक्दा पनि सरकारले अन्त्येष्टि र किरियामा लागेको खर्च निकासा गरेको छैन। दुवै प्रधानमन्त्रीको गरी सरकारले २९ लाख ३२ हजार २ सय ३१ रुपैयाँ किरिया खर्च पशुपति क्षेत्र विकास कोषलाई तिर्न बाँकी छ।

दुवै पूर्वप्रधानमन्त्रीको निधनमा तत्कालीन सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। यसअनुसार अन्त्येष्टि र किरियामा लागेको सम्पूर्ण खर्च सरकारकै दायित्वमा पर्छ।
पूर्वप्रधानमन्त्री कोइरालाको २०६६ चैत ७ र अर्का पूर्वप्रधानमन्त्री भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो। कोइरालाको अन्त्येष्टि, किरिया र १३ औं दिनको पुण्यतिथिमा लागेको खर्च गरी २६ लाख ६१ हजार ८ सय ८६ रुपैयाँ बाँकी छ। भट्टराईको अन्त्येष्टिबापत २ लाख ७० हजार ३ सय ४५ रुपैयाँ सरकारले तिर्नुपर्नेछ। 

मुख्य सचिव लीलामणि पौडेलले दुई पूर्वप्रधानमन्त्रीको अन्त्येष्टि र काजकिरियामा लागेको खर्चको प्रस्ताव आए पनि के कारणले फिर्ता भयो भन्ने जानकारी नभएको बताए। ‘एजेन्डा आएजस्तो लाग्छ,' उनले सोमबार नागरिकसँग भने ‘धेरै पुरानो कुरा भएकाले याद भएन।'
पशुपति क्षेत्र विकास कोषका लेखाप्रमुख प्रेमहरि ढुंगानाले भने राजकीय सम्मानका साथ अन्त्येष्टि गर्दाको खर्चसम्बन्धी प्रस्ट व्यवस्था नहुँदा सरकारबाट भुक्तानी नपाएको जानकारी दिए। राष्ट्रपतिका उम्मेदवार रहेका रामराजाप्रसाद सिंहको अन्त्येष्टिमा लागेको खर्च भने सरकारले फर्छ्यौट गरिसकेको छ। डेढ वर्षअघि निधन भएका सिंहको बाबुराम भट्टराई नेतृत्वको सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। 
ढुंगानाका अनुसार मन्त्रिपरिषदले कोइराला र भट्टराईलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेपछि कोषका अध्यक्षसमेत रहेका तत्कालीन संस्कृतिमन्त्री मीनेन्द्र रिजालको आग्रहमा कोषले पेस्की निकासा गरेको थियो। सरकारबाट पेस्की फर्छ्यौट हुने भनिए पनि हालसम्म नभएको उनले बताए।
कोषले तत्कालीन सदस्यसचिव सुशील नाहाटाको नाउँमा १५ लाख रुपैयाँ पेस्की निकासा गरेको थियो। यसमा नपुग रकम नाहाटाले व्यक्तिगत रूपमा खर्चेका थिए, जुन झन्डै साढे १४ लाख रुपैयाँ थियो। उनले बिल पेस गरेर रकम दाबी गरिसकेका छन्। कोषले पनि प्रक्रिया अघि बढाइसकेको छ। तर, सरकारले न कोषले निकासा गरेको पेस्की फर्छ्यौट गरेको छ, न नाहाटालाई नै तिरेको छ। सरकारले निर्णयअनुसार रकम भुक्तानी नगरेपछि महालेखा परीक्षकको कार्यालयले कोषले दिएको १५ लाख रुपैयाँसमेत बेरुजु देखाएको छ। 
कोषले पहिलोपल्ट २०६७ चैत ६ गते दुवै पूर्वप्रधानमन्त्रीको अन्त्येष्टि र काजकिरियामा लागेको खर्च गृह मन्त्रालयसँग माग गरेको थियो। त्यसपछि २०६७ चैत १६ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि खर्च उपलब्ध गराइदिन आग्रह गर्दै गृहलाई पत्र पठाएको थियो। गृहले २०६८ वैशाख १२ मा कोषसँग निर्णय माग्यो। यही बेला अन्त्येष्टिमा लागेको खर्च नदिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्योब। 
अख्तियारले २०६८ असोज ६ गते राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भनी मन्त्रिपरिषदबाट निर्णय भएकाहरूको अन्त्येष्टिमा लागेको खर्चलाई ‘विवाद र चर्चामा ल्याउनु वान्छनीय नहुने' भन्दै कोइराला र भट्टराईको निधनमा भएको खर्च उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दियो। आइन्दा यस्तो खर्च गर्दा नीति बनाउनसमेत अख्तियारले सरकारलाई निर्देशन दिएको थियो। 
अख्तियारको निर्देशनपछि मुख्य सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्री कार्यालयले २०६८ मंसिर १४ गते मापदण्ड बनाउन गृह मन्त्रालयलाई पत्र पठाएको थियो। यसैअनुसार गृह र अर्थको सहमतिमा संस्कृति मन्त्रालयले २०७० वैशाख ३० गते मन्त्रिपरिषदमा प्रस्ताव पठायो। त्यो फाइल झन्डै एक वर्ष मन्त्रिपरिषदमा अड्केर गत साता निर्णय नै नभई मन्त्रालयमै फिर्ता भएको छ। 
‘प्रस्ताव पठाएको झन्डै वर्ष दिनपछि निर्णय नै नभई फाइल फिर्ता भएको छ,' संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले सोमबार नागरिकसँग भने, ‘व्यहोरामा निर्णय नभई फिर्ता गरिएको भनिएको छ तर कारण थाहा भएन।'
स्रोतका अनुसार मन्त्रिपरिषदमा पुगेको फाइल निर्णय नै नभएपछि प्रधानमन्त्री कार्यालयले संस्कृति मन्त्रालयमै फिर्ता गरेको हो।

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...