Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

स्वयम्भूमा ९ सय वर्षअघिको ढुंगेधारा

(1 Vote)
महिना दिनअघि स्थानीयले किमडोल बाटो विस्तारका क्रममा भेट्टाएको प्राचीन ढुङ्गेधारा। तस्बिर सौजन्य : कृलाशकुमार श्रेष्ठ महिना दिनअघि स्थानीयले किमडोल बाटो विस्तारका क्रममा भेट्टाएको प्राचीन ढुङ्गेधारा। तस्बिर सौजन्य : कृलाशकुमार श्रेष्ठ
काठमाडौं- विश्वसम्पदा क्षेत्र स्वयम्भूमा करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटिएको छ। एक महिनाअघि बाटो विस्तारका क्रममा पुरिएको अवस्थामा ढुंगेधारा निस्किएपछि स्थानीयले पुरातत्व विभागलाई खबर गरेका हुन्। विभाग टोलीले स्थलगत अध्ययनपछि उक्त धारा मध्यकालभन्दा पुरानो रहेको जानकारी दिएको हो।
‘धाराको बनावट हेर्दा काठमाडौं उपत्यकाको ढुंगेधारा संस्कृतिसँग मेल खाँदैन,' विभागका महानिर्देशक भेषनारायण दाहालले नागरिकसँग भने, ‘यो मध्यकालभन्दा अघिको भन्न सकिन्छ।' त्यही क्षेत्रमा रहेका अन्य ढुंगेधारासँग पनि यसको बनोट मेल नखाएकाले यो करिब ९ सय वर्षअघिको हुनसक्ने उनले बताए।
विभागका अनुसार काठमाडौं उपत्यकामा रहेका ढुंगेधाराको आमुख मकर आकारका रहेकामा स्वयम्भूमा भेटिएकोमा भने राँगाको टाउको आकारमा निर्मित छ। यस्तो किसिमका धारा पश्चिम नेपालमा भने अहिले पनि भेटिन्छ।
विभागका प्रमुख पुरातत्व अधिकृत सौभाज्ञ प्रधानांगले ढुंगेधाराको बनोट हेर्दा मध्यकाल र लिच्छविकालीन समयसँग नमिल्दो रहेको बताए। ‘काठमाडौं उपत्यकामा लिच्छवि र मल्लकालीन समयका ढंुगेधारा पाइन्छन्, तर कुन समयको भनेर किटान गर्न सकिने अवस्था छैन,' उनले भनिन्, ‘यसलाई माथिबाटै अध्ययन गर्दा मध्यकालभन्दा पुरानो देखिन्छ, लिच्छविकालसँग पनि मिल्दो भेटिँदैन।'
हेर्दा सामान्य किसिमको देखिए पनि ठ्याक्कै कुन समयको भन्ने पत्ता लगाउन विस्तृत अध्ययन हुनुपर्ने उनले जनाइन्। धारो भेटिएको क्षेत्रमा बस्ती नै थियो–थिएन भन्नेबारे पनि अनुसन्धान गर्नुपर्ने उनले औंल्याइन्। ‘सामान्यतः ढुंगेधारा भेटिनुमा उक्त क्षेत्रमा त्यतिबेलै राम्रो बस्ती थियो कि भन्ने आँकलन हुन्छ,' उनले थपिन्, ‘तर त्यसो नहुन सक्छ। पहिले त्यहाँ स्वयम्भू जाने पुरानो गोरेटो हुनसक्छ। दर्शनार्थीले पिउन र जल चढाउन धारो प्रयोग भएको हुनसक्छ।'
विभागका एक पुरातत्व अधिकृतका अनुसार यसखाले ढुंगेधारा देशको पश्चिमी क्षेत्रमा अहिले पनि निर्माण भएको पाइएको छ। ‘यहाँ भेटिएको राँगाको टाउको आकारबाट पानी झर्ने गरेको देखिन्छ,' उनले भने, ‘तर काठमाडौं उपत्यकामा पाइएका ऐतिहासिक ढुंगेधारामा मकर (माछा) आकृति देखिन्छ।'
विभाग टोलीले स्थलगत निरीक्षणपछि स्थानीयसँग सहकार्य गरेर त्यसको संरक्षण गर्ने जनाएको छ। ‘जमिनभन्दा तल छेकिएर रहेको अवस्थामा देखिएको छ,' दाहालले भने, ‘त्यहीँ राख्ने भए धारो देखिने अवस्थामा राख्नुपर्छ, त्यहाँ नमिले छाउनी संग्रहालयमा राख्नेबारे छलफल गर्दैछौं।'
स्थानीय अशोक तुलाधरले बाटो खन्दा ढुंगेधारा भेटिएपछि विभागलाई खबर गरेको जनाए। ‘पहिले पनि त्यहाँ ढुंगेधारा थियो भन्ने सुनेका थियौं, उनले भने, ‘बाटो फराकिलो बनाउन खोज्दा त यहाँ भेटियो र हामीले विभागलाई खबर गरेका थियौं,' उनले भने, ‘बद्मासले इँटाले हानेर ढुंगेधारा बिगार्न खोजेकाले संरक्षण गर्न विभागलाई खबर गरेका हौं।'
स्थानीयका अनुसार यो धारा पुरिएको धेरै भएको छैन। ६३ वर्षीया विष्णुदेवी शाहीले भनिन्, ‘सानो छँदा हामीले नै यहाँ नुहाइधुवाइ गरेका थियौं, यहाँको पानी स्वयम्भूमा लगेर पूजा गर्ने चलन पनि थियो। दुइटा खुड्किलोबाट धारामा झर्नुपर्थ्यो। धारा निकै लामो थियो।'
बाटो बनाउँदा र सँगै रहेको किमडोल जनजागृति खानेपानी समितिको ट्यांकी बनाउँदासमेत ढुंगेधारा ख्याल नगरिएकाले ऐतिहासिक धारा पुरिएको भनाइ स्थानीयको छ। समितिकी संयोजक चम्पा लामाले ०३२ सालमा ट्यांकी बनाउँदा ढुंगेधारा ट्यांकीनजिकै रहेको बताइन्।
‘ट्यांकी बनाउँदा मिचिएको होइन, सडक फराकिलो बनाउँदा नै त्यतिबेला ढुंगेधारा सारिएको थियो,' उनले भनिन्। तत्कालीन प्रधानपन्चले नै ट्यांकी बनाएको उनले जानकारी दिइन्।
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...