22 Chaitra, 2076 | April 04, 2020
Menu

द्वन्द्वपीडित राहतमा मनपरी, पुरिएन द्वन्द्वको घाउ

(0 votes)
बेपत्ता छोराको नागरिकता देखाउँदै चन्द्रकली खड्का। तस्बिर : कलेन्द्र सेजुवाल बेपत्ता छोराको नागरिकता देखाउँदै चन्द्रकली खड्का। तस्बिर : कलेन्द्र सेजुवाल
सुर्खेत-सुर्खेत लेखपराजुलकी चन्द्रकली खड्का आठ वर्षअघि घरबाटै अपहरण गरी बेपत्ता पारिएका छोराको खोजीमा भौँतारिँदा थकित भइसकिन्।

उनले बेपत्ता भएको पुष्टि हुने कागजपत्रका प्रतिलिपि गाउँदेखि सहरसम्मका सरकारी निकाय र अधिकारवादी संघसंस्थामा पेस गरेकी छन्। तर, उनको गुनासो छ, ‘अहिलेसम्म न त छोराको सास पाइयो, न त राहत।’

चन्द्रकलीका छोरा मानबहादुरलाई तत्कालीन माओवादी विद्रोहीले २०६२ मंसिरमा घरबाटै अपहरण गरी लगेका थिए। २५ जनाको समूहले जबर्जस्ती लैजाँदाको घटना अहिले पनि उनको मानसपटलमा ताजै छ।
दैलेख, डाँडीमाडीका तिलक अधिकारी पनि बेपत्ता भाइ बलिरामको खोजीमा लागेको सात वर्ष बित्यो। २०६० सालको एसएलसी दिएलगत्तै तत्कालीन माओवादी विद्रोहीले आफूसँगै हिँडाएका बलिराम त्यसको दुई वर्षपछि बेखबर भए। ‘माओवादीले आफूसँगै लगे पनि कहाँ छ भन्नेबारे कहिल्यै जानकारी दिएनन्,’ हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएका दाजु तिलकले भने, ‘सरकारले पनि हाम्रो पीडा सुनेन, राहत त टाढाको कुरा भइहाल्यो।’
शान्ति स्थापनापछि सुर्खेतमा द्वन्द्वपीडितका नाममा करिब १६ करोड २२ लाख रुपैयाँ राहत वितरण भएको छ। चन्द्रकली र तिलकजस्ता बेपत्ताका परिवारले भने अहिलेसम्म न आफन्तको सास पाएका छन् न त राज्यबाट राहत। झन्झटिलो प्रक्रिया र सरकारी ढिलासुस्तीले सोझा–सीधा द्वन्द्वपीडित राहतबाट वञ्चित भएका छन्।
स्थानीय शान्ति समितिको तथ्यांक हेर्दा पनि पहुँच नभएका पीडित कसरी प्रताडित भइरहेका छन् भन्ने पुष्टि हुन्छ। समितिका अनुसार जिल्लामा बेपत्ता भनेर पहिचान भएका ३५ मध्ये १३ जनाले मात्र राहत रकम पाएका छन्। नौजनाको परिवारलाई जिल्लाबाट राहतका लागि सिफारिस गरिए पनि करिब डेढ वर्षदेखि सरकारले कुनै निर्णय गरेको छैन।
‘हामीले वास्तविक बेपत्ताको पहिचान गरी प्रमाणसहित सिफारिस गरेको धेरै भयो,’ स्थानीय शान्ति समितिका जिल्ला संयोजक मोहन थापा भन्छन्, ‘तर माथिबाट कुनै निर्णय भएको छैन।’ बेपत्ता भनिएकामध्ये १३ जनाको छानबिन भइरहेको उनले बताए।
दहचौरकी कौशिला दमाईका पति चन्द्रबहादुरलाई सेनाले २०५९ असारमा कैलालीको पन्डौनबाट कब्जामा लिई बेपत्ता बनायो। उनी लामो समय पति आउने बाटो पर्खेर बसिन्। आश मरेपछि तीन वर्षअघि स्थानीय शान्ति समितिमा राहतका लागि पुगिन्। तर, हालसम्म राहत हात परेको छैन। ‘हामीजस्ता निमुखाको पक्षमा बोलिदिने मान्छे नहुँदा एक सुका राहत पाइएको छैन,’ उनले भनिन्, ‘जति ठाउँ गए पनि निवेदन माग्छन्, त्यसपछि के हुन्छ थाहा हुँदैन।’
द्वन्द्वपीडित, त्यसमा पनि बेपत्ता व्यक्तिका परिवारमा मानसिक तनाव बढ्दो छ। लेखपराजुलबाट बेपत्ता मानबहादुरकी पत्नीले तीन वर्षअघि विष सेवन गरी आत्महत्या गरिन्। पति बेपत्ता हुनु र छोराछोरीको पालनपोषण गर्दा थपिएको मानसिक तनावले उनले आत्महत्या गरेको हुनसक्ने सासू चन्द्रकली बताउँछिन्।
‘छोरो बेपत्ता भएपछि माइतमै बस्दै आएकी थिई,’ उनले भनिन्, ‘टेन्सन भएरै हो कि विष पिएर आत्महत्या गरिछ।’ बुहारीको मृत्युपछि तीन नाति–नातिनीको लालनपालनमा समस्या भएको उनले बताइन्।
बेपत्ताका परिवारलाई मनोसामाजिक स्याहार गर्दै आएको नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका मन्त्री देवप्रसाद गौतम यो तथ्य स्विकार्छन्। उनको विचारमा बेपत्ता भएको वर्षौं बित्दासमेत कतिपय परिवारजनमा आफन्त आउने आशा जीवितै देखिन्छ। ‘यसले बेपत्ता व्यक्तिका आफन्तमा गम्भीर मनोसामाजिक समस्या देखिएको छ,’ उनी भन्छन्, ‘हामीले सुर्खेतका यस्ता पीडितको पहिचान गरी सामान्य ढाडस दिने प्रयास गरिरहेका छौं।’ वीरेन्द्रनगर नगरपालिकासहित २४ गाविसका २६ परिवारलाई मनोसामाजिक स्याहार दिइरहेको उनले बताए।

लगत संकलन कार्यदल गैरजिम्मेवार
स्थानीय शान्ति समितिका संयोजक मोहन थापा केन्द्रीय स्तरमा गठन भएको लगत संकलन कार्यदलको बेवास्ताले पहुँच नभएका द्वन्द्वपीडित राहत पाउनबाट वञ्चित भएको बताउँछन्। राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यदलले जिल्लाबाट गएका सिफारिसलाई नियतवश ‘पेन्डिङ’ गर्दा समस्या भएको उनको भनाइ छ। ‘कतिपय सिफारिस राजनीतिक पूर्वाग्रहका आधारमा थन्किएका छन्,’ उनले भने, ‘कतिपय सिफारिस सबै आधार र प्रमाण पुग्दासमेत थन्क्याइएका छन्।’
असारमा कार्यदलको म्याद सकिएपछि राहतको लागि केन्द्रमा पठाइएका सिफारिस झन् अलपत्र परेका छन्। सुर्खेतमा मृतकको संख्या ३ सय ७० भए पनि हालसम्म २ सय ८६ जनाले मात्र राहत पाएका छन्। त्यस्तै, ५ सय ९५ घाइते/अपांगमध्ये १ सय २३ जनाले मात्र राहत पाएका छन्। स्थानीय स्तरमा घाइते तथा अपांगको पहिचान र वर्गीकरण गरी ४ सय ५ जनाको सिफारिस गरिए पनि राहत वितरणमा ढिलाइ भएको संयोजक थापाले बताए।

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...